Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

शेयर बजारमा उच्च गिरावट

नुवाकोट पुकार ९ चैत्र २०८१, आईतवार १७:२७

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन अर्थात बिहीबारको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक २.०४ प्रतिशत घटेको हो ।

सो गिरावटपछि नेप्से २६१४ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो ।
कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटे । यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । आईसीएफसीडी ८८ को ३।८९, कुथेली बुखरी स्मल हाइड्रोको २।८, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढ्यो ।

मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ७।२, सयपत्री हाइड्रोको ६।४, मायाखोला हाइड्रोको ५।६६, अपरसोलु हाइड्रोको ५.४६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

Continue Reading

Previous: नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा
Next: कार्यपालिका बैठक बोलाउन माग गर्दै महानगरका मेयर साहलाई वडाध्यक्षहरूले बुझाए ज्ञापन

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार