
काठमाडौं महागरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले तत्काल कार्यपालिका बैठक बोलाउन माग गर्दै महानगरका मेयर बालेन साहलाई ज्ञापन पत्र बुझाएका छन ।
ज्ञापन पत्र बुझाउँदै महानगरका प्रवक्ता समेत रहेका वडा न१७का वडाध्यक्ष नविन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग संगै कार्यपालिका बैठक आव्हानको माग गरेको हो ।
त्यस्तै ज्ञापन पत्रमा वडा नम्बर १२ का वडाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन र अवरुद्ध भएको महानगरको कामकारावही सुचारु गर्ने वातावरण बनाउन् समेत माग गरिएको छ ।