Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

गणतान्त्रिक मोर्चा आवश्यक छैन ः कांग्रेस

नुवाकोट पुकार ९ चैत्र २०८१, आईतवार २०:३९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले तत्कालका लागि गणतान्त्रिक मोर्चा आवश्यक नभएको ठहर गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले गणतन्त्रका पक्षमा संसद् र नागरिकको अधिकांश तप्का प्रतिबद्ध रहेको भन्दै गणतन्त्रवादीले मोर्चा खडा गर्नु नै आवश्यकता नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले

निर्वाचित सार्वभौम संविधानसभाले जारी गरेको संविधानप्रति प्रतिबद्धता जाहेर गर्दै संविधानभित्रैबाट जनताका आकांक्षा सम्बोधन गर्न सकिन्छ र गर्नुपर्छ भन्ने निर्णय भएको जानकारी दिनुभयो । प्रवक्ता महतले भन्नुभयो,जुन किसिमबाट अहिले संविधानको खिलाफमा बहस गरिँदैछ, त्यसबारे हाम्रो धारणा राखिएको हो । जनतामा केही असन्तुष्टि छन् भने संविधानभित्रैबाट सम्बोधन गर्न सकिन्छ भन्ने हाम्रो निश्कर्ष रह्यो ।

प्रधानमन्त्रीसहित विपक्षी दलका नेताले राखेको गणतान्त्रिक मोर्चा आवश्यक नभएको निश्कर्षका निकाल्दै सत्तापक्षका दल मात्र नभई प्रतिपक्षमा रहेका समेत दलको गणतन्त्रमा प्रतिबद्ध रहेकाले गणतन्त्रका विषयमा मोर्चा बनाउन जरुरी नभएको बैठकपछि महतले जानकारी दिनुभयो । बैठकले अहिले असन्तोष जाहेर गरिरहेका पार्टीलाई पनि संविधानभित्रै रहेर समाधानको प्रयास गर्न सुझाव दिने निर्णय समेत गरेको छ ।

Continue Reading

Previous: कार्यपालिका बैठक बोलाउन माग गर्दै महानगरका मेयर साहलाई वडाध्यक्षहरूले बुझाए ज्ञापन
Next: लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार