Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रतिनिधि सभाको छैठौँं अधिवेशन सुरु

नुवाकोट पुकार १२ बैशाख २०८२, शुक्रबार १७:४२

काठमाडौँ । प्रतिनिधि सभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकाङ्क्षा सम्बोधन लगायत विषयमा प्रभावकारी बन्ने बताउनुभयो । 

कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा असन्तुष्टि देखिएको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले यस अधिवेशनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम, बजेट तथा अन्य विधेयकहरू मार्फत जनतामा देखिएको निराशाको निराकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिनिधि सभाको आजको बैठकबाट सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन समेत भएको छ । 

बैठकले सांसदहरू अमृतादेवी अग्रहरी, डा चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी र हेम राईलाई  सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने गरी मनोनयन गरेको हो । 

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ पेस गर्नुभयो । 

यसअघि प्रतिनिधि सभाको बैठकमा सांसद श्यामकुमार घिमिरेले राजतन्त्र पुन स्थापनाको कुनै सम्भावना नरहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने सबैले बुझ्नुपर्ने बताउनुभयो । 

यस्तै बैठकमा बोल्नुहुँदै सांसद गोकर्ण बिष्टले लोकतन्त्र स्थापनापछि देश विकासमा राम्रो परिवर्तन देखिएकाले केही भएन भन्नु गलत भएको बताउनुभयो ।

सांसद वर्षमान पुनले सरकार बिचौलियाको दलदलमा फसेको र उत्साह जनक काम गर्न नसकेको आरोप लगाउनुहुँदै सरकारको यस्तै रवैयाका कारण प्रतिगमनकारी शक्तिहरू सलबलाउने प्रयास गरिरहेको बताउनुभयो । 

सांसद डोलप्रसाद अर्यालले बजेट अधिवेशन भएकाले आगामी बजेट सन्तुलित र आवश्यकता अनुसारको हुनुपर्ने र कार्यान्वयन हुने गरी मात्र बजेटमा कार्यक्रम तथा योजनाहरू समावेश गर्नुपर्ने सुझाव दिनुभयो । 

यस्तै बैठकमा सांसद राजेन्द्र लिंग्देनले बजेटप्रति असन्तुष्टि जनाउनुपर्ने अवस्था सिर्जना नहुने गरी बजेट ल्याउन सुझाव दिनुभयो । 

सांसद प्रकाश ज्वालाले जनताको आवाजलाई सुनेर काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद वीरेन्द्र प्रसाद महतोले करको दर भन्दा दायरा बढाउनुपर्ने उल्लेख गर्दै शक्तिको आधारमा बजेटको वितरण नगर्न सुझाव दिनुभयो ।

सांसद अब्दुल खानले शिक्षकले उठाएका उचित मागको सम्बोधन गरी निकास दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजकिशोर यादवले जनतामा देखिएको निराशालाई आशामा परिणत हुने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।

सांसद सर्बेन्द्रनाथ शुक्लले अति आवश्यक विधेयकहरू यसै अधिवेशनबाट पारित गरेर जनतामा आशाको दियो बाल्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।  

सांसद गङ्गाराम चौधरीले गरिबी न्यूनीकरणलाई विशेष महत्व दिएर रोजगारी अभिवृद्धि गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसद प्रेम सुवालले उत्पादन र निर्यात बढाउने गरी बजेट ल्याउन सके मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद चित्र बहादुर के.सी.ले विगतमा विभिन्न आयोगहरूले दिएका प्रतिवेदनहरूको कार्यान्वयन गरी दोषीलाई कारबाही नगरिएकै कारण मुलुकमा केहीले अस्थिरता सृजना गर्न खोजेको बताउनुभयो ।

सांसद डा.अमरेश कुमार सिंहले दलहरू भागबन्डामा फस्दा मुलुकको अवस्था जर्जर हुँदै गएको बताउनुभयो ।

सांसद योगेन्द्र मण्डलले शिक्षक लगायत विभिन्न क्षेत्रबाट उठिरहेका जायज मागहरूको सम्बोधन गरेर मुलुकलाई अस्थिरतातर्फ जानबाट बचाउनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख १४ गते आइतबार बिहान ११ बजे बस्नेछ । 

Continue Reading

Previous: आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने
Next: कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको अध्यक्षमा कर्माचार्य

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार