
काठमाडौं । नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित हुनु भएको छ ।
राजधानीमा शुक्रबार सम्पन्न भएको अधिवेशनले कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा अर्जुन रानाभाट र बिजय स्वाँर निर्वाचित हुनुभएको छ भने खुला उपाध्यक्षहरुमा सुरेश हमाल,नन्दलाल श्रेष्ठ,कान्छाराम बल र शरद अधिकारी चयन हुनुभएको छ ।
यसैगरि महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ र प्रदेश उपाध्यक्षहरुमा राजेन्द्र रिजाल,मनोज चौधरी गिरे,सुमन गिरी,गोकर्ण कार्की,मनप्रसाद आचार्य,विष्णुबहादुर खड्का र उपेन्द्र बिष्ट चयन हुनुभएको छ । यस्तै अधिवेशनबाट सचिवमा रबि रिमाल,किरण खड्का र राजेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । कोषाध्यक्षमा राजेन्द्र बिक्रम बानियाँ र सहकोषाध्यक्षमा टेकराज जोशी सर्वसम्वत रुपमा चयन हुनुभएको निर्वाचित सचिव रबि रिमालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

यसैबीच समितिको सचिवमा निर्वाचित रबि रिमाल र प्रदेश उपाध्यक्षम निर्वाचित सुमन गिरि नुवाकोटका सक्रिय युवा यातायात व्यवसायी हुनुहुन्छ । रिमाल लामो समयदेखि नुवाकोट जिल्लाको यातायात क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ हाल नुवाकोटको पासाड.ल्हामु यातायात.प्रा.लि र राजधानीमा सञ्चालित महानगर यातायातमा सक्रिय हुनुहुन्छ र गिरि बागमती प्रदेशमा सञ्चालित यातायात व्यवसायी हुनुहुन्छ । दुवै जना युवाहरु नुवाकोट कांग्रेस राजनीतिमा पनि क्रियाशिल हुनुहुन्छ ।