
नेपाल समाजको भवन अगाडि सामुहिक तस्बिर खिचाउँदै भ्रमण टोलीका सदस्यसहित स्थानीय नागरिकहरु
नुवाकोट । नेपाल खत्री समाज गुठी तारकेश्वर नेपालटारले एक दिने सद्भावना भ्रमण सम्पन्न गरेको छ । नुवाकोट दरबार, बेत्रावती, देविघाट, गेर्खुटार, झिल्टुङ क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको हो । नेपाल खत्री समाज तारकेश्वरले विदुर नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपाल, वडा नम्बर १० का वडाध्यक्ष गणेश नेपाल र झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपाललाई सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल खत्री समाजका प्रबुद्द व्यक्तिहरू, नेपाल वंश परिषदका सदस्य कलाकार उत्तम नेपाल केसी लगायतको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्षहरू रविन्द्र नेपाल, गणेश नेपाल र झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपालले नेपाल वंशको उद्गम थलोको रुपमा रहेको झिल्टुङ र नुवाकोटका पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागि सामुहिक सक्रियता र भूमिका आवश्यक रहेको बताउनुभयो ।

गुठिका अध्यक्ष श्रीकृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा मदनकृष्ण नेपालको सहजिकरण रहेको थियो । उक्त कार्यक्रममा समाजका जेष्ट सदस्य कुलकुमारी नेपाललाई विशेष सम्मान गरिएको थियो । झिल्टुङ नेपाल समाजले समग्र नेपालहरुको हक तिहका लागि समावको भवन बनाउन थालेको छ ।