
तारकेश्वर । मुलुकमा संघीयता स्थापनासँगै स्थानीय सरकारहरुले आफ्नो पालिकालाई समृद्ध बनाउने विभिन्न खाले कार्यक्रमहरु ल्याउने गरेका छन् । गाउँ गाउँमा सिंहदरबारको नारासँगै स्थानीय सरकारहरुले ल्याउने कार्यक्रमले जनतामा उत्साह थप्दै गएको छ । यसै क्रममा जिल्लाको तारकेश्वर गाउँपालिकाले शिक्षाको विकासका लागि भन्दै स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष शिव अधिकारीले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम सार्वजनिक गर्नुभएको हो । पालिकाले सार्वजनिक गरेको स्थानीय पाठ्यक्रममा गाउँपालिकाको परिचयसहित अन्य विषयको जानकारी गराइएको छ । पाठ्यक्रम सार्वजनिकसँगै त्यसको कार्यानयवन पनि सुरु भएको छ । कार्यक्रमा अध्यक्ष अधिकारील गुणस्तरीय शिक्षा आजको आवश्कयता भएको भन्दै स्थानीय पाठ्यक्रमले तारकेश्वर गाउँपालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
अध्यक्ष अधिकारीले केही विद्यालयमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने तयारी रहेको समेत जानकारी दिनुभयो । सरकारले प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको आर्थिक , समाजिक र सांस्कृतिक विषयलाई समेटेर स्थानीय पाठ्यक्रम लागू गर्ने पाउने व्यवस्था गरेको छ । कार्यक्रममा सहभागिहरुले पनि स्थानीय पाठ्यक्रमबाट तारकेश्वर गाउँपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।