
विदुर । समाजसेवी तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. भीमलाल तामाड.को सक्रियतामा विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । तामाड.अध्यक्ष रहेको जि.एफ.एन. परोपकारी परियोजना अन्र्तरगत २०७९÷२०८० को बजेटबाट बिदुर नगरपालिका वडा नं १३ स्थित श्री सुन्दरादेवी आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।
सो कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित स्टेशनरी सामाग्री समेत प्रदान गरिएको थियो । परियोजनाबाट सहयोग प्राप्त भएसँगै विद्यार्थीहरु भने उत्साहित भएका छन् । यस्तै कार्यक्रममा विद्यालयका शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । आफ्नो नेतृत्वमा रहेको परियोजना मार्फत विगत लामो समयदेखि विभिन्न समाजिक काममा सक्रिय रहँदै आउनु भएका तामाड.ले यसअघि पनि जिल्लाका विद्यालय तथा आमा समुहहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आउनु भएको छ ।
यसैबीच विदुर नगरपालिका–१३ मानेचौतारास्थित बागेश्वरी आधारभूत विद्यालयका बालबालिकालाई पनि विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीचमा नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा ढुंगानाले उक्त सामाग्री विद्यालयका बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यनरत १३४ जना बालबालिकालाई विद्यालय पोशाक र झोला वितरण गरिएको विद्यालयले जनाएको छ ।