
दुईपिपल । राजधानीको नयाँबजारमा रहेको आधारशीला कलेज तथा अक्सकोर्ड स्कुलले बेलकोटगढीका दुई विद्यालयका विद्यार्थीहरुलाई अभिमुखकिरण तालिम दिएको छ । शुक्रबार कामरु माविमा आयोजना गरिएको एक दिने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चुडा ढकालले ,सफलता एक ः परिचर्चा विषयमा अभिमुखीकरण तालिम दिनुभएको थियो ।
सो कार्यक्रममा डबलमिा रहेको कामरु मा. वि र बेलकोटगढी वडा नं ६ मा रहेको मालिका माविका कक्षा १० अध्ययरत विद्यार्थी र २०७९ सालमा एसइई दिएका विद्यार्थीहरुसहित अभिभावक, शिक्षाविद्, तथा विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको थियो ।

उच्च शिक्षा अध्यययनको खुड्किलो चढ्न लागेका विद्यार्थीहरुलाई सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा प्रस्तोता ढकालले ३ घण्टा विद्यार्थीहरुलाई अभिमुखीकरण सामाग्री पस्कनु भएको थियो । सो कार्यक्रमा कामरु र मालिका माविका करिब ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तरगत ग्रामिण भेगका विद्यालयमा पुगेर उचचशिक्षका बारेमा विद्यार्थीहरुलाई विभिन्न् अभिमुखीकरण तालिम प्रदान गर्दै आएको छ । यसअघि आधारशिला कलेजका अध्यक्ष भोला ढकालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मदन भुजेल, कामरु विद्यालयका अध्यक्ष बच्चुराम लामिछानेले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अक्सफोर्ड स्कुल तथा आधारशीला कलेजद्धारा विद्यार्थीलाई अभिमुखीकरण तालिम प्रदान नगरपालिकाका कार्यपालिका सदस्य अनुराधा श्रेष्ठ, वडा नं ६ का वडा सदस्य भोजराज खतिवडाको पनि उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य कार्यक्रमको संयोजन गर्नुहुने पत्रकार तथा स्थानीय समाजसेवी शुकदेव दाहालले गर्नुभएको थियो । कार्यक्रममा अक्सफोर्ड कलेजका प्रोग्राम कोअडिनेटर विष्णुहरि देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कलेजका इन्चार्ज चपला ढकाल,बोडअफ डाइरेक्टर दुर्गा चालिसे, सुनिता अधिकारीले पनि विद्यार्थीहरुलाई विभिन्न विधागत रुपमा मनोरञ्जन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले समेत आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम प्रस्तोताले दिएको सफलता कसरी प्राप्त् हुन्छ हुन्छ भन्ने विषयमा दश मिनेटको समयमा विद्यार्थीहरुले सुन्दर ढंगले निबन्ध तयार पारेका थिए । विद्यार्थीले सुन्दर रुपमा तयार पारेको उक्त निबन्धलाई कलेजले हरेक वर्ष कक्षा १० विद्यार्थीहरुबाट प्रकाशित हुँदै आएको अंकुरणमा प्रकाशन गर्ने कलेजका बोर्ड अफ डाइरेक्टर तथा नेपाली विभाग प्रमुख दुर्गा चालिसे दाहालले जानकारी दिनुभयो ।
यसैबीच आधारशिला कलेज तथा अक्सफोर्ड विद्यालयले कार्यक्रममा सफल बनाउन सहयोग पुर्याउनु भएको भन्दै कामरु माविका प्रधानाध्यापक सावित्रि अधिकारी तथा मालिका माविका प्रधानाध्यापक केशव बास्कोटालाई धन्यवाद प्रदान गरेको छ ।

राजधानीको नयाँ बजारमा रहेको स्कुल तथा कलेजमा मध्यमवर्गमा झण्डै एक हजार विद्यार्थी अध्ययनरत रहेका छन् । मन्टेश्वरी विधिबाट प्रि कक्षादेखि स्नातकतहसम्म अध्ययन हुँदै आएको छ । शिक्षा क्षेत्रका लामो अनुभव भएका व्यक्तिहरुबाट सञ्चालित उक्त कलेजमा पारिवारिक वातावरण अध्यापन गरिदै आएको अधयक्ष ढकालले काय{क्रममा जानकार गराउनु भएको थियो ।