३५ दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार १०:५७


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको जनाएको छ।


गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए।


परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा २९० जना अन्य परीक्षार्थी रहेका थिए।


राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि देशभर १ हजार ४२० तथा जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।


सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौं जिल्लामा १६१ वटा रहेका थिए भने मनाङ र मुस्ताङ जिल्लामा एक–एक वटा मात्र परीक्षा केन्द्र तोकिएको थियो।


बोर्डले नतिजा प्रकाशनसँगै विद्यार्थीलाई आफ्नो नतिजा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा अन्य तोकिएका माध्यमबाट हेर्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *