
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध रुपमा विक्रिका धादिङतर्फ लैजादै गरेको काट बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका तर्फबाट प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लागि जेठ १२ गते रातीको समयमा प्रहरी चौकी सामरीबाट खटिएको प्रहरी चेकिङ् टोलीले जिल्ला नुवाकोट म्यागङ गाउँपालिका वडा नं५ सामरी स्थित कागुनेबाट धादिङ जिल्ला तर्फ जादै गरेको बा ३ क ३२९६ नं।को आईचर गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सालकोीचिरुवा काठ अवैध रुपमा लोड गरी लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेको गाडीसहित उक्त आईचर गाडी,गाडीमा चालक जिल्ला नुवाकोट म्यागाङ गाउँपालिका वडा नं।३ बस्ने वर्ष २१ को योगेश तामाङ र सोहि गाडीमा सवार रहेका जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं।१३ बस्ने वर्ष ५० को मैत तामाङ समेतलाई नियन्त्रणमा लिई गाडी सहित चिरुवा ७४ पिस जम्मा ८४।८७ क्यु फिट सालको काठ बरामद गरी आवश्यक कारवाहीको लागि डिबिजन बन कार्यालय नुवाकोटमा पठाएको विज्ञप्तिमा जनाइएको छ ।