
विदुर । सरकारले नुवाकोट जिल्लाको १२ पालिकाका ४ अर्ब ५ करोड ८२ लाख बजेट विनियोजन गरेको छ । व्यवस्थापिका संसदमा सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट भाषणमा व्यवस्था गरिए अनुसार विदुर नरपालिकालाई ६२ करोड ४४ लाख, बेलकोटगढी नरपालिकालाई ४८ करोड ११ लाख, ककनी गाउँपालिकालाई ३६ करोड १३ लाख, किस्पाड गाउँपालिकालाई २३ करोड ९७ लाख, तादी गाउँपालिकालाई २९ करोड २४ लाख तारकेश्वर गाउँपालिकालाई २५ करोड २९ लाख,दुप्चेश्वर गाउँपालिकालाई ३४ करोड २९ लाख, पञ्चकन्या गाउँपालिकालाई २७ करोड ८३ लाख,मेघाड. गााउँपालिकालाई २६ करोड,लिखु गााउँपालिकालाई २४ करोड ३१ लाख, शिवपुरी गााउँपालिकालाई ३४ करोड ९२ लाख,सुर्यगढी गाउँपालिकालाई २६ करोड ५ लाख बजेट विनियोजन गरिएको छ ।
वियिोजित बजेटमा नरपालिकातर्फ विदुर र गाउँपालिकातर्फ शिवपुरीले अधिकतम बजेट प्राप्त गरेका छन् । शिवपुरीले ३४ करोड ९२ लाख पाउँदा द्प्चेश्वरले दोस्रोमा ३४ करोड २९ लाख पाएको छ । गाउँपालिकातर्फ किस्पाड.गाउँपालिकाले २ ३ करोड ९७ लाख पाएको छ । यो बजेत ससर्त, समपुरक र अनुदानसहितको रहेको छ । गाउँपालिकाले प्राप्त गरेको बजेटमा प्रशासनिक खर्च कटाएर झण्डै ३० प्रतिशत मात्रै विकास खर्चमा लाउन सकिने देखिएको छ ।
गत वर्षको भन्दा बजेटको आकार घटेर आएको पुरानो ऋण तिर्न र प्रशासनिक खर्च कटाएर यस पटक विकास बजेट अत्यन्त कम हुने बेलकोटढी नरपालिकाका उपमेयर शिव दाहालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । गतवर्ष झण्डै ५० लाखको सिलिड. पाएको वडालाई यस पटक २३ लाको मात्रै पाइएका उहाले जानकारी दिनुभयो । यस्तै विदुर नरपालिकाले पनि पुर्व ऋण तिर्दा बजेटको आका अत्यन्त सानो हुने मेयर राजन श्रेष्ले जानकारी दिनुभयो ।