
काठमाडौ.। विश्वको सर्वोच्च शिखर सगरमाथा अनेरास्ववियु २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा फहराइएको छ ।
विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले आज बिहान करिव ८ बजे सगरमाथाको चुचुरोमा फहराउनुभएको हो ।
जलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउने र यसको रोकथामका लागि विद्यार्थीहरूलाइ जनचेतना फैलाउने उद्देश्यले अनेरास्ववियुको झण्डा सगरमाथाको चुचुरोमा पुर्रयाइएको अनेरास्ववियु अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।यसैबीच अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिकी तन्त्रको संरक्षणलाई केन्द्रमा राखी भावी अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै हामी वातावरणीय न्याय, हिमालको संरक्षण तथा दिगो विकासका पक्षमा दृढ रहँदै अघि उल्लेख गरेको छ ।