
विदुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको कुरा उठेको छ । मुलुकको वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका कमजोर भएको विषयमा पार्टीका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले पार्टीलाई पुनर्रताजकीकरण गर्न नसक्ने भन्दै विशेष महाधिवेशन बोलाउने विषयमा छलफल चलाएका छन् । पार्टीका केही नेताहरुले यसलाई अभियानको रुपमा नै लैजाने र सभापतिलाई विशेष महाधिवेशन बोलाउन दवाव दिने कुरा गरेपनि नेपाली कांग्रेसको ठुलो समूह भने यो कुरा अप्रासांगिक भएको बताउँछ ।
तर पार्टीका दुई महामन्त्री वर्तमान अवस्थामा पनि पार्टीको कार्यकारी भूमिका रहेका बेला समेत सभापतिलाई देखाएर काम गर्न नसकेको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् । युवा महामन्त्रीको कुराप्रति कांग्रेसका नेताहरु नै असन्तुष्ट रहेको देखिन्छ । मुलुक यतिखेर अर्कै परिस्थितिमा रहेको र भ्रष्टाचार अन्त्य गर्नुपर्ने अवस्थाकाबीच कांग्रेस नेताहरुले यो विषय उठाउनु भनेको कांग्रेसलाई विभाजनको अवस्थामा लैजानु सिवाय केही नहुने तर्क गरिरहेका छन् । कांग्रेस प्रशिक्षण विभाग सदस्य प्रमोहरि गुरागाँईले पार्टीमा विधान अधिवेशन गर्नु आवश्यक भएपनि विशेष महाधिवेशन आवश्यक नभएको बताउनुभयो । उहाले यतिखेर विशेष महाधिवेशनको कुरा गर्नु भनेको कांग्रेसलाई कमजोर बनाउनु र विभाजनको अवस्थामा पुर्याउनु भएको तर्क गर्नुभयो ।
यस्तै कांग्रेस नेता रामहरि खतिवडा लायतका नेताहरुले पनि यसबेला विशेष महाधिवेशनको कुनै अर्थ नहुने बताएका छन् । तर यो विषयलाई पार्टीका दुई महामन्त्रीसहित नेता अर्जुननरसिहं केसी, गुरुराज घिमिरे समूह पनि यसको पक्षमा रहेका छन् । घिमिरे समुह त सभापति देउवाको विरोधमा कांग्रेसलाई सुद्धिकरण र्ने भन्दै देश दौडामा निस्किएका छन् । पार्टी निर्णय वेर ाउँ ाउँमा पुेर नेता कार्यकर्तालाई भड्काउने कामले कां्रेस कमजोर हुने कांग्रेसकै शुचचिन्तकहरुले बताउन थालेका छन् । कांग्रेस नेता बालकृष्ण खाँड भ्रष्टाचारमा मुछिएपछि उनलाई कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको छ । उनलाई निलम्बन गर्नुपर्ने आवाज उठेपनि पार्टीले निलम्बन गरेको छैन ।
यस्तै पार्टी संरचनालाई पूर्णता दिने विषयमा पनि कांगेसभित्र विवाद हुँदै आएको छ । अर्को समूह जदीश्वरनरसिह केसी सहितका नेताहरु देश दौडाहमा सिस्किएका छन् । उनीहरुले बाती प्रदेशमा पनि कार्यक्रम गरेकाछन् । पार्टीलाई एकतावद्ध बनाएर लैजाने भन्दा पनि पार्टी सभापति शेरबहादुर देउवालाई असफल बनाउने र नेतृत्वमा पुग्ने योजनाका कारण विशेष महाधिवेशनको कुरा आएपछि सभापति देउवा आफू इतर समुहसगँ अझ असन्तुष्ट हुनु भएको छ । विशेष गरेर पार्टीका दुई महामन्त्री जसले पार्टी संरचनालाई चलायमान बनाउन योजनासहित आगाडि बढ्नुपर्ने बेला सभापतिलाई गाली गरेर मात्रै समय खेर फालेको भन्दै देउवा उहाहरुसग समेत रुष्ट बनेको अवस्था छ । यस्तो अवस्थाकाबीच कांग्रेस बलियो हुने भन्दा कमजोर बन्दै जाने देखिन्छ । यतिखेर कांगे्रसका सबै संरचनालाई पूर्णता दिएर चलायमान बनाउँदै मुलुकको अवस्थालाई सहि बाटोमा ल्याउने दिशातर्फ अग्रसर हुनुपर्ने देखिन्छ । यसबाट मात्र सिंगो कांग््रेस पार्टी र यसका नेता कार्यकर्ताहरुको भविष्य सुरक्षित हुनेछ ।