
मेशिनको उद्घाटनपछि प्रमुअ अतिथ उपमेयर सहित महिला समूहहरु सामूहिक तस्बिर खिचाउँदै
विदुर । विश्व एक्काइशौ शताव्दीको दौडानमा रहेका बेला आधुनिकताले नेपाली समाजलाई पनि छपक्ै ढाकेको छ ।गाउँ गाउँमा समेत कुटो कोदालेको भर पर्नुपर्ने किसानहरु आज ट्याक्टर र अन्य अत्याधुनिक मेशिनको प्रयोगबाट आधुनिक ढंगले खेती किसान गरिरहेका छन् । पछिल्लो समय त झन दुना टपरी गास्ने परम्परालाई समेत तोड्नै बेलकोटढी नगरपालिकामा दुना टपरी बनाउने मेशिन समेत ल्याएर किसानलाई सहज बनाइदिएको छ ।
बेलकोटढी वडा नं १० स्थित मैदान टोलमा बेलकोटगढी निरन्जना महिला संजाल समुहले सञ्चालनमा ल्याएको उक्त मेशिनको शुभारम्भ गरिएको हो । बेलकोटगढी नरपालिकाका उपमेयर शिव दाहालले एक कार्यक्रमकाबीच मेशिनबाट टपरी बनाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि उपमेयर दाहालले मेशिनका कारण बढ्दो स्टील र काजको प्लेट खरिद गर्ने क्रम रोकिने र गाउँ घरमा दिदी बहिनीहरुले फुर्सदको समयमा रोजगारी समेत पाउने भन्दै खुशी व्यक्त गर्नुभयो । उहाले बनमा पाइने पातबाट दुना टपरी बनाएर बजारको मागलाई पुरा गर्न सुझाव दिनुभयो गर्नुभयो ।

उहाले अब काजको प्लेट र स्टीलको प्लेट भन्दा आफ्नो गाउँमा नै उत्पादन भएको सालको पातबाट बन्ने दुना टपरी प्रयोग गर्न आग्रह गर्नुभयो । उहाले नगरपालिकाले किसानको हक हितका लागि काम गर्दै आइरहेको भन्दै आधुनिक तरिकाले खेती गर्नका लागि नरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न हाते औचारहरु वितरण गरिरहेको समेत स्मरण गराउनुभयो । कार्यक्रममा वडा अध्यक्ष प्रल्हाद थपलियाले मेशिन सञ्चालनमा आएसँगै गाउँघरमा टपरी गास्ने झण्झन हटेको र यसले काजका प्लेट किन्ने परम्परा तोडिने बताउनुभयो ।
नेपाली परम्परा अनुसार गाउँघरमा प्रत्येक पवित्र कार्यमा सालको दुना टपरी प्रयोग र्ने चलन रहेको छ । तर समाज आधुनिकतातर्फ अघि बढेसँगै स्टीलको प्लेट तथा कागजी प्लेट किन्ने चलन बढिरहेको बेला बेलकोगढीका महिलाहरुले वनमा सित्तैमा पाइने सालको पातबाट समेत दुना टपरी गाँसेर आम्दानी गर्न सक्ने भएका छन् । यसले महिलाहरुले गाउँघरमा नै बसेर अतिरिक्त आम्दानी गर्न सक्ने भन्दै स्थानीयहरु समेत खुशी भएका छन् ।