
शिविरको उद्घाटनपछि मन्तव्यराख्दै कांग्रेस नेता अर्जुननरसहि केसी
कुमरी , विभिन्न सामाजिक कार्य गर्दै आएको योशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टको सक्रियतामा नुवाकोट जिल्लाको बेलकोटढी नगरपालिकास्थित वडा नं २ फाँटापौवामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ट्रस्टको सक्रियतामा भएको स्वास्थ्य शिविरमा ,ॐ हस्पिटल ,गरिमा बिकाश बैक ,बेलकोटगढी नगरपालिका वडा न २ ले सयुक्त रुपमा आयोजना गरेका थिए ।

उक्त शिबिरमा आठसय जनाको स्वास्थ परिक्षण गरिएको थियो भने १८७ जनाको गतिचबकयगलम गरिनु को साथै ७६ जनाको भ्ऋन् भएको गरिएको वडा नं २ का वडा अध्यक्ष रामचन्द्र मिल्सिनाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । निःशुल्क शिबिरमा छाला रोगरोग,मानसिक रोगरोग,मुटु रोग हाड जोर्र्नी रोग प्रशुति रोग ,दन्त रोग लगायत अन्य बिदाका २५ जना भन्दा बडी चिकित्सक तथा स्वास्थकर्र्मीले सेवाप्रदान गरेका थिए । साथै उक्त शिबिर सम्प्पुर्ण रोगिहरुलाइ निःशुल्क औषधि बितरण गरिएको ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो ।

यसअघि शिबिरको उद्घाटन नेपाली का्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले गर्नु भएको थियो । शिविरको उद्घाटन गर्दै नेता केसीले नितान्त सामाजिक भावनाले सेवा गरिरहेको जानकारी दिनुभयो । आफ्नै गाउँमा भेगमा सेवा पाउनु पनि स्थानीयका लागि खुशीको कुरा भएको बताउनुभयो । वडा नं २ का वडा अध्यक्ष रामचन्द्र लिमिल्सनाको सभापत्विमा भएको कार्यक्रममा ॐ अस्पतालका अध्यक्ष डा आनन्दप्रसाद श्रेष्ठ ,वरिष्ठ छातीरो विशेषज्ञ डा. केदारनरससिंह केसी , गरिमा बिकाश बैकका यिसिओको, बलकोटगढी नरपालिकाका उपमेयर शिव दाहाल लायतका विभिन्न व्यक्तित्वहरुको पनि उपस्तिथि थियो । शिविरमा सेवा पाएछि स्थानीय भने खुशी भएका थिए ।