सडक, पुल र खानेपानीका समस्या सुन्न ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार १७:३४


काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले नागरिकका गुनासा तथा समस्याको छिटो सुनुवाइका लागि ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ।


भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सडक, पुल, खानेपानी लगायत पूर्वाधारसँग सम्बन्धित समस्याको जानकारी तथा गुनासो सहज रूपमा दर्ता गर्न यो सेवा सुरु गरिएको बताएका छन्।


मन्त्री लम्सालका अनुसार सेवामार्फत नागरिकले टोल–फ्री नम्बरमा सम्पर्क गरी आफ्ना समस्या, सुझाव तथा गुनासा राख्न सक्नेछन्। कार्यालय समयभित्र फोनमार्फत प्रत्यक्ष सेवा उपलब्ध हुने तथा अन्य गुनासा २४सै घण्टा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।


मन्त्रालयले ‘हेल्लो पूर्वाधार’ सेवामार्फत प्राप्त गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै पूर्वाधार विकासका कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *