
विदुर । त्रिशुलीबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश ३ ०८५४ नम्बरको ईभी माइक्रो दुर्घटना भएको छ । शिवपुरी ७ , गुरुङ गाउँमा भएको दुर्घटनामा ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नमस्ते पासाड.ल्हामु यातायात प्रा.लि द्धारा सचालित उक्त इभी माइक्रोमा सबार घाईतेहरुलाई उपचारका लागि राजधानीको समाखुशीस्थित ग्रिनसिटी अस्पतालमा पठाइएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा ४६ वर्षीया लक्ष्मी खड्गी , लिखु ४ की ३८ मैना राई, २५ वर्षीया सिर्जना लामा , बिदुर ५ माझीटारकी १८ वर्षीया बिपना अर्याल, तलाखुकी नरसमान लामा,२८ तलाखुकी १८ वर्षीया बिजय लामा, ३९ वर्षीया सरस्वोती राई,उमेर नखुलेका श्याम डगौरा र उत्तरगया गाउँपालिकारसुवाका २५ वर्षीय महेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुको अवस्था समान्य रहेको बताइएको छ ।