
काठमाडौँ । राजधानीमा सम्पनन भएको नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिकले हात पारेका छन् । टीआईए सिनियर ब्वाइज, पारामाउन्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।
आयोजक स्किब्सको कोर्टमा सोमबार सिनियर ब्वाइज फाइनलमा टीआईएले न्युटनलाई २१–१२ स्कोरले पराजित गर्यो । जुनियर ब्वाइजको फाइनलमा पारामाउन्टले ज्ञान निकेतनलाई १९–७ ले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले त्रिज्योतिमाथि २१–८ स्कोरको जित पायो ।सिनियरमा टीआईएका वरदान थापा, जुनियर ब्वाइजमा पारामाउन्टका सुदीप घले र गर्ल्समा भ्याली पब्लिककी दृश्य गुरुङ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

सो अवसरमा विजेतालाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बीसी, टोखा नगर प्याब्सनका अध्यक्ष एवं स्किब्सका प्रिन्सिपल अरुण केसी, पारामाउन्टका प्रिन्सिपल मुकुन्द पाण्डेलगायतले पुरस्कृत गरेका थिए । विद्यार्थीहरुले पुरस्कार हातपारसँगै विद्यालयले समेत विद्यार्थीहरुलाई सम्मान गरेको प्यारामाउण्ड एकेडेमीका प्रिन्सिपल पाण्डेले नुवाकोट पुकारलार्य जानकारी दिनुभयो ।