
फाइल तस्बिर
बिदुर । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा नुवाकोट जिल्ला पहिलो बन्न सफल भएको छ । मन्त्रालयले चालु आर्थिक बर्ष २०८१र ०८२ को तेस्रो चौमासिक अवधि (माघ –चैत्र)मा सम्पादित कामहरुका आधारमा मूल्याङ्कनम गर्दा नुवाकोट जिल्लाले पहिलो स्थान प्राप्त गरेको हो ।
सो समयमा नुवाकोट जिल्लाकै स्थायी बासिन्दा रामकृष्ण अधिकारी प्रमुख जिल्ला अधिकारी रहेका थिए । गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कार्यसम्पादनको जिल्ला श्रेणी तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये नुवाकोट र ईलाम जिल्लाले समान १८ दशमलव १२५ अंक प्राप्त गरेका छन् । आर्थिक बर्ष २०८०र०८१ को तेस्रो चौमासिक अवधि ९माघ –चैत्र० मा भने नुवाकोट जिल्ला ६१ औं स्थानमा रहेको थियो ।
गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग गरेको कार्य सम्पादन सम्झौता र जिल्ला प्रशासन कार्यालयहरुले सम्पादन गरेका कामहरुको मूल्याङ्कनमा चौमासिक नतिजा प्रकाशन गर्दै आएको छ ।
मन्त्रालयले विभिन्न ६ ओटा आधारमा मुल्याड्र.कन गर्ने गरेको छ । शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामूहिक सुधारको वातावरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्याङ्कन गरी ग्रेड छुट्याइन्छ ।सोही आधारमा नै उत्कृष्ट छनोट गर्ने गरिएको छ । उक्त अवधिमा नुवाकोट जिल्ला उत्कृष्ट बन्न सफल भएको हो ।