
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताउनु भएको छ । विपक्ष्ीादलहरुले राजीनामा माग गरिरहेका बेला गृहमन्त्री लेखकले संघीय संसद भवनको ल्होत्से हलमा केही बेरअघि पत्रकार सम्मेलन गर्दै आफ्नो संलग्नता नभएको दावी गर्नुभएको हो ।
‘यो जसरी मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन्। यो असत्य कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा म यहाँहरूमार्फत निवेदन गर्न चाहान्छु,’ उहाँले भन्नुभयो । आफूले संसदलाई सबै कुरा जानकारी गराउन खोज्दा खोज्दै पनि विपक्षीहरूले अवरोध गर्दा पत्रकार सम्मेलन गर्नुपरेको उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले अध्यागमनामा रहेका तीर्थराज भट्टराई विगत तीन चार वर्षदेखि गृह मन्त्रालयमा रहेर काम गरेको आधारमा नै आफूले अध्यागमन कार्यालयमा सरुवा गरेको जानकारी दिनै उहाँले आफ्नो अरु कुनै उदेश्यका लागि सरुवा नगरेको दावी पनि गर्नुभयो ।पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव तथा कर्मचारीस्हित सांसद रामहरि खतिवडा, अम्बिका बस्नेत लगायतका सांसदहरुको समेत सहभागिता रहेको थियो ।