
काठमाडौँ जेठ, १५ गते। त्रिभुवन विश्वविद्यालयकास्नातक तहको भर्ना खोल्न माग गर्दै विद्यार्थी संगठनहरुले उपकुलपतिमाथि दवाव बढाएका छन् । विद्यार्थीहरुले परीक्षाको समयमा विद्यार्थी भर्ना गर्न दबाब दिँदै शुक्रबार विद्यार्थीहरुले रेक्टर र रजिष्टारको कार्यकक्षमामा नै पुगेर दवाव सिर्जना गर्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दै विद्याथी नेताहरुलाई बाहिर निकालेको भिडियो सार्वजनिक भएको छ ।
प्रहरीले विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु गजेन्द्र बम,लोकेश कुँवर र शविन भट्ट लगायतकालाई नेताहरुलाई बाहिर निकालेको थियो । यसअघि विद्यार्थी नेताहरूले भर्ना खोल्न दबाब दिएका दिदै आएका थिए । उनीहरूले रेक्टर कार्यालय र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेका छन् । विद्यार्थी संगठनहरुले उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नुपर्ने दाबी उनीहरूको छ । स्ववियु निर्वाचनका लागि त्रिविले २०८१ माघ ११ गतेदेखि नै स्नातक तह प्रथम वर्षको भर्ना रोकेको थियो ।
निर्वाचनपछि भर्ना हुन पाउने विद्यार्थीहरूको अधिकार रही आएकोमा त्रिविले आनाकानी गरेको उनीहरूको भनाइ छ । शंकरदेव क्याम्पस नेपाल विद्यार्थी संघका नेता सविन भट्टले उनीहरूले तुरुन्त स्नातक तह प्रथम वर्षको भर्ना खोल्न मागत्रिवीले भर्ना भएर अध्ययन गर्न पाउने विद्यार्थी अधिकारमाथि हनन् गर्न खोजिएकाले आरोप लगाएका छन् ।
पब्लिक युथ क्याम्पसका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, कैलाशकुट क्याम्पसका मुरारी गौतम, पद्मकन्या क्याम्पसकी भूपी ऐर, पाटन क्याम्पसका रोहित कपाली लगायतका १९ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी गरेका हुन् ।