
विदुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीहरुलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिनुभएको छ ।
जिल्लाको सुर्यगढीमा रहेको एक विद्यालयको कार्यक्रमका लागि नुवाकोट आउनु भएका अध्यक्ष दाहालले शनिबार बिहान प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो चेतावनी दिनुभएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,दुईचार जना भाडाका मानिस ल्याएर सडकमा देखाउँदैमा नेपालमा राजतन्त्र फर्कनेवाला छैन्,उनीहरुले धेरै चुरीफुरी नगरेकै राम्रो हो ।
अध्यक्ष दाहालले एमाले र कांग्रेसको सरकारका गलत क्रियाकलापका कारण राजावादीहरुको आन्दोलनमा केही मानिसहरुका बढि देखिएको आरोप पनि लगाउनुभयो । उहाँले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग कायम रहेको भन्दै बजेटका लागि मात्रै संसद खुलाएको जानकारी समेत गराउनुभयो । उहाँले भन्नुभयो, बजेटका लागि हामीले परिस्थिति बुझेर संसद अवरुद्ध स्थगित गरेका थियौं,अब गृहमन्त्रीले राजीनामा नदिएसम्म अवरुद्ध जारी रहन्छ ।
अध्यक्ष दाहालले आफुहरु मध्य लोकपहाडी कार्यक्रम अनुसार २३गते लमजुड.बाट कार्यक्रम सुरु गर्दै फेरि नुवाकोट आउने जानकारी पनि दिनुभयो । अध्यक्ष दाहालले पत्रकारहरुले सोधेको अर्को एक प्रश्नमा आफूहरु सरकार ढाल्ने पक्षमा नभएको भन्दै यो आफ्नो बोझले ढल्ने दावी गर्नुभयो । यस्तै उहाँले शेरा दरबार प्रकरण सकिएको भन्दै त्यसलाई जनताले भोलिका दिनमा मुल्यांकलन गर्ने उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा माओवादी नेताहरु हितबहादुर तामाड., बिमला सुवेदी,राधिका तामाड.,पुक्ष्प लामिछाने, हिरानाथ खतिवडासहितका जिल्ला नेता तथा कार्यत्रकर्ताहरुको समेत उपस्थिति रहेको थियो । यसअघि अध्यक्ष दाहाललाई माओवादी नेताहरुले मालाकासाथ स्वागत गरेका थिए । पत्रकार सम्मेलनमापीछ अध्यक्ष दाहाल नुवाकोट दरबार अवलोकनमा समेत पुग्नु भएको थियो ।