
काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकास्थित मनमैजूमा रहेको एन्जल स्पोटर्स एकेडेमीको आयोजनामा राइजिड. स्टार अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एकेडेमीको प्रांगणमा आयोजना भएको कार्यक्रमा क्रिकेटको विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई अवार्डकासाथ पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा एन्जल हार्ट फाउण्डेशनका अध्यक्ष लिलबहादुर पुनसहितका अतितिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड वितरण गर्नुभएको थियो । एकेडेमीले वर्षको उत्कृष्ट खेलाडीका रुपमा जोया थापा र वर्षको उत्कृष्ट युवा खेलाडीमा युवराज खत्रीलाई(राष्ट्यि खेलाडी) अवार्डद्धारा पुरस्कृत गरेको छ ।

साथै एकेडेमीले खेलाडीद्धयलाई संरक्षकत्व ग्रहरण गर्दै एमओई समेत गरेको छ । सो एमओईमा एन्जल हार्ट फाउण्डेशनका अध्यक्ष लिलबहादुर पुन र खेलीडीका अभिभावकहरुले हस्ताक्षर गरेका छन् । यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले खेल भनेको स्वास्थ्यका लागि मात्र नभई यसको देशको नाम राख्ने भएकाले यसको महत्व धेरै रहेकोमा जोड दिनुभयो ।

उहाँले नेपालमा पहिलो स्पोटर्स एकेडेमी सञ्चालन गरेर बालबालिका, युवाहरुलाई खेलप्रति जागरुक गराएकोमा खुशी व्यक्त गर्नुभयो । एन्जल स्पोटर्स एकेडेमीका अध्यक्ष खेमबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा खेलक्षेत्रका विज्ञहरु, अभिभावक, खेलाडीहरुको सहभागिता रहेको थियो ।

२०७४ सालमा नेपाल सरकारसँग स्वीकृत लिएर प्राइभेट कम्पनीको रुपमा खेलकुद विद्यालय सञ्चालन गरेको एन्जल स्पोटर्स एकेडेमी नेपालमा पहिलो विद्यालय रहेको छ ।

उक्त एकेडेमीले राष्ट्यि स्तरको खेलाडी समेत उत्पादन गरिसकेको छ । यस्तै हाल ३ सय भन्दा बढि विद्यार्थीहरुले विभिन्न विधामा खेलिरहेका छन् । एकेडेमीले क्रिकेटकासाथै भलिबल,फुटबल,टेबलटेनिस्,बास्केटबल जस्ता खेलहरुमा ट्ेनिड. दिँदै आएको अध्यक्ष खेप थापाले कार्यक्रममा जानकारी दिुभयो ।

उहाँले आफूहरुको विद्यार्थीहरुलाई खेल्ने चाहनालाई पूरा गर्ने र राष्ट्यि स्तरका खेलाडीहरु उत्पादन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।