
अस्पतालका निर्देशक राजेन्द्र लामा बिरामीको स्वास्थ्य जाँच गर्दै,तस्बिर ः नमराज सुवेदी
नमराज सुवेदी
नुवाकोट,( किस्पाङ) – त्रिशूली अस्पताल, नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका–१, भाल्चेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवामा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा ४ सय भन्दा माथीको सख्यामा स्थानीयवासीले विभिन्न सेवा प्राप्त गरेका छन ।शिविरमा स्त्रीरोग, हाडजोर्नी, मधुमेह, बालरोग, सामान्य रोगहरू (जनरल सेवा) साथै भिडियो एक्स–रे सेवा लगायतका विविध विशेषज्ञ सेवा उपलब्ध गराइएको त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताउनुभयो । विशेषगरी ग्रामीण भेगका सर्वसाधारणले विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अवसर पाएकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्।

त्रिशूली अस्पतालका विशेषज्ञ चिकित्सकहरू सहितको टोलीले शिविरमा सहभागी बिरामीहरूको परीक्षण गरी आवश्यक परामर्श र औषधि वितरण गरेका थिए।
उक्त शिविरले दुर्गम भाल्चे क्षेत्रका बासिन्दाहरूलाई स्वास्थ्य सेवा नजिक पुर्याउने उल्लेखनीय निशुल्क शिविर गरेको त्रीशुली अस्पताल नुवाकोटका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।स्वास्थ्य शिविरमा सहयोग पुर्याउने सम्पूर्ण टोली, स्वयंसेवक तथा आयोजकलाई किस्पाङ गाउपालीका वडा न १ का वडा अध्यक्ष पशुपति घलेले धन्यवाद व्यक्त गरेका छन ।