
नुवाकोट जिल्लाको सबैभन्दा पूरानो सडकमार्ग पासाड.ल्हामु राजमार्गका लागि सरकारले आगामी वर्षका लागि १९ करोड बजेट विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयको योजना महाशाखाका अनुसार बालाजु – बेतिनी – पिपलटार– बेत्रावती सडक खण्डका लागि भौतिक पूर्वाधार मन्त्रालयको सडक पुर्वाधार अन्तर्रगत उक्त बजेट विनियोजन गरिएको हो । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन नभएको खण्डमा बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्ने चेतावनी दिनुभएको थियो । केसीले संसदमा बोलेसँगै अर्थमन्त्री विष्णु पौडेललाई भेटेर नै उक्त योजना सिफारिस गर्नुभएको थियो । नेता केसीले भने बजेट पर्नु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।
केसीको एकल प्रयासकाबीच मन्त्रालयले १९ करोड बजेट हालेको छ । महाशाखाका एक अधिकारीले नुवाकोट पुकारसँग भने यो ठुलो सडक हो, अहिले यति बजेट परेपनि यसलाई बहुवर्षीय रुपमा अघि बढउन सकिन्छ । उहाँले आगमी आर्थिक वर्षभित्र पनि थप बजेटको व्यवस्था गर्न सकिने भएकाले ठुला सडहकहरु निर्माणमा समस्या नहुने उल्लेख गर्नुभयो । तत्कालिन अर्थमन्त्री डा.प्रकाशशरण महतको कार्यकालमा बालाजु – रानीपौवा सडकका लागि मात्रै बजेट विनियोजन गर्नुभएको थियो । रानीपौवादेखि उता रहेको ३८ किलोमिटर सडकका लागि भने बजेट विनियोजन भएको थिएन । सो सययमा पनि नेता केसीले संसदबाट नै डा. महतको विरोध गर्नुभएको थियो ।
नुवाकोट जिल्लाको पुरानो र पहिलो सडकमार्ग भएपनि यसमा राजनीतिक नेताहरुको चासो नपुग्दा वर्षौसम्म पनि अवस्था नाजुक रहेको छ । निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले २०६८ सालमा ठेक्का पारेपनि उनले काम गर्न नसकेपछि ठेक्का प्रक्रिया नै रद्द भएको थियो । त्यसपछि भने यो सडक निर्माण प्रक्रिया अलपत्र परेको थियो । बालजुदेखि रानीपौवासम्म भने काम भैरहेको छ । १४ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न ८३ करोड ३१ लाखमा ठेक्का दिइएको थियो । सम्झौताअनुसार दुई वर्षभित्र काम सक्नुपर्ने छ । लक्ष्यभन्दा दोब्बर गतिमा काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ । रानीपौवादेखि पिपलटारसम्मको अवस्था भने नाजुक रहेको छ । पिपलटारबाट गल्छी – रसुवागढी सडक पर्ने हुनाले सो क्षेत्रमा भने चार लेनको सडक बनिसकेको छ