
भवन उद्घाटनमा अतिथिको आसनग्रहण गर्दै अर्थमन्त्री महत
लाकुरीभन्ज्याड. । अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्लाको विकासको लागि माग अनुसारको नै बजेट विनियोजन गरिएको बताउनु भएको छ । उहाले नुवाकोट जिल्लाले धेरै लामो समयपछि जिल्लाको आवश्यकता अनुसारको बजेट पाएको भन्दै अर्थमन्त्री महतले आफू अर्थमन्त्री भएकै कारण यस पटक नुवाकोट जिल्लाले बजेट बढि पाएको उल्लेख गर्नुभयो ।
उहाले संसदमा समेत नुवाकोटमा बजेट धेरै गएको चर्चा चलिरहेको भन्दै आफूले देशैभरि बजेट पुर्याउने कोशिस गरेको स्पष्ट पार्नुभयो । शनिबार आज पञ्कन्या गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनुभएको हो । नेपाली कांग्रेसका प्रवक्ता समेत रहनु भएका मन्त्री महतले मुलु्कको आम्दानी थोरै भएको र जनताका मा धेरै भएको र यसलाई पुर्ति गर्न कठिन भएको भन्दै आफूहरुले प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
उहाले सरकारले शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधारको विकासका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । अर्थमन्त्री महतले वर्तमान सरकार हरेक गाउँमा विकासमा पूर्वाधार पुर्याउने योजनाकासाथ काम गरिरहेको भएपनि सरकारको स्रोतका आधारमा बजेट विनियोजन गरिएको बताउनुभयो । उहाले छहरे टोखा सुरुड.र्माको न्ुवाकोटको मात्रै आवश्यकता नभएको भन्दै यसले चीन र भारतसँग समेत आवतजावतका लागि सहज हुने बताउँदै यसको बहुआमायिक विशेषता रहेको बताउनुभयो । उहाले सुरुड. मार्ग बनाउने विषयमा विगत देखिनै चर्चा भएपनि काम नभएको भन्दै उहाले आफू अर्थमन्त्री भएपछि एक अरब बजेट विनियोजन गरिएको समेत स्पष्ट पार्नुभयो ।
उहाले यसका लागि विदेशी सहयोगको विषयमा समेत गम्भीर रुपले छलफल भैरहेको भन्दै यसको सुरुवातका लागि नै सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो । मन्त्री महतले विदेशी सहयोग नआएपनि अब सुरुड.र्मा बन्ने निश्चित भएको दावी समेत गर्नुभयो । उहाले यसले नुवाकोटको कृषि पर्यटन,भौतिक पूर्वाधारमा विकास हुने समेत बताउनुभयो । अर्थमन्त्री महतले एमालेको सरकार भएका बेला बजेट आएको भन्ने एमाले जिल्ला अध्यक्षको भनाईप्रति खण्डन गर्दै त्यो कुरा तथ्याड.कले नै बताउने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री महतले मुलुक संघीयतामा गएसँगै विकासका काम स्थानीय सरकार र प्रदेश सरकारबाट समेत हुने भन्दै संघीय सरकारबाट हुन नसकेका काम प्रदेश सरकार र स्थानीय सरकारबाट समेत हुने विश्वास व्यक्त गर्नुभयो । उहाले गाउँपालिकाले प्रशासनिक भवन बनाएर जनताको सेवा सुविधालाई थप सहज भएको भन्दै जनप्रतिनिधिहरुलाई जनताको लागि फाइदा हुने ढंगले काम गर्न पनि सुझाव दिनुभयो । अर्थमन्त्री महत प्रधानमन्त्री दाहालकासाथ हेलिकप्टरमा कार्यक्रमस्थल लाकुरीभन्ज्याड. पुनु भएको थियो ।