
गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिसहितका सहभाथि अतिथिहरु
लाकुरीभन्ज्याड. । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको आज एक भव्य समारोहकाबीच उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक विशेष कार्यक्रमकाबीच गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो । प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नुवाकोटको विकासका लागि आफ्नो सहयोग सँधै रहने प्रतिवद्धता समेत जनाउनुभयो ।
उहाले आफूलाई माओवादीका नेता हितबहादुर तामाड.ले निमन्त्रण गरेको र त्यसलाई आफूले स्वीकार गरेर आउनुको कारण भनेको संघीयतालाई मजवुत गराउनु रहेको समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, संघीयताको मुख्य र्मागदर्शन भनेको स्थानीय तहलाई बलियो बनाउनु रहेको हो र अहिले फेरि गाउँको अधिकार सिंहदरबार सार्न खोज्नेहरुलाई चुनौती दिने र स्थानीय सरकारलाई बलियो बनाउनका लागि नै आफू पञ्चकन्या आएको बताउनुभयो ।
उहाले पञ्चकन्या गाउँपालिकाले देशकै ठूला नेता जन्माएको भन्दै पञ्चकन्याका जनता खुशी भए सिंहदरबार समेत खुशी हुने दावी गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले प्रशासनिक भवन उद्घाट्नमा सामान्य विषयमा बोल्नुपर्ने ठानेपनि यसलाई बजेट विनियोजन र आफ्नो भारत भ्रमणका विषयमा समेत कुरा उठेको भन्दै दुवै विषयमा स्पष्ट पार्नुभएको थियो ।

उहाले नुवाकोटमा बन्न लागेको सुरुड. मार्ग नुवाकोटको विकाससँग मात्रै नजोडिएको भन्दै यसको धेरै ुलो महत्व रहेकाले आफूले यसलाई अघि बढाउनका ला िअर्थमन्त्रीलाई भनेको स्पष्ट पार्नुभयो । उहाले आफ्नो भारत भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकारहरुका सामु नेपाल र भारतबीचको स्मिा समस्या समाधान गर्न आफू गम्भीर रहेको समेत बताएको स्मरण गराउँदै उहाले भारतीय प्रधानमन्त्रीले आफूससँग मात्रै यस्तो कुरा गरेकाले आफ्नो भ्रमण ऐतिहासिक भएको दावी समेत गर्नुभयो ।
गाउँपालिका अध्यक्ष रमेश लामाको सभापत्विमा भएको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय सांसद तथा माओवादी पोलिटब्यूरो सदस्य हितबहादुर तामाड., प्रदेश सांसद राधिका तामाड.,प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति रमेश महत, एमाले जिल्ला अध्यक्ष बद्री मैनाली लगायतका वक्ताहरुले गाउँपालिकाले बनाएको भवन र समग्र नुवाकोट जिल्लाको विकासका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा गााउँपालिका अध्यक्ष लामाले दिएको जानकारी अनुसार भवनको कुल लागत ९ करोड ३८ लाख नब्बे हजार ६ सय घण् रहेकोमा २०७७ असोज ६ गतेको टेन्डरबाट ३३ प्रतिशत बिलोमा अर्थात ६ करोड २ लाख १८ हजार ७ सय ९० ठेक्का सम्झौता गरेको थियो । सम्झौतासँगै भवन निर्माण पूरा भएको र संघीय सरकारबाट २ करोड लाख प्रदेश सरकार ७७ लाखर र पालिकाको बजेट २ करोड ५० लाख बाट भवन निर्माण गरिएको छ ।
तीनतले उक्त भवनमा २७ कोठा रहेका छन् । पाकिड., स्थल, अत्याधुनिक कोठाहरु, सौचालय, अपाड.्ता भएकाहरुका लागि सौचालयसहितको सबै प्रकाशनिक कार्य उक्त भवनबाट हुने अध्यक्ष लामाले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समँवय समितिका प्रमुख, गाउँपालिकाका प्रमुख,उपप्रमुख लायतका सर्वसाधधारण तथा विद्यार्थीहरु एवं शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत राममणि काफ्लेले सञ्चालन गर्नुभएको थियो । यस्तै कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सुन्दर नृत्य प्रस्तुत समेत गरेका थिए ।
े
र
ृ