
काठमाण्डौ । आज मधेश प्रदेश बाहेका अन्य ६ प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार
महाशाखाका अनुसार आज बिहानदेखि नै कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव देखिन्छ ।देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाकोसम्भावना रहेको महाशाखाले जनाएको छ ।