
रोशन थिड. लामा
नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले आफ्ना पालिकाका दुई खेलाडीलाई बिदाइ गरेको छ ।
ग्लोबल हाप्किडो फेडेरेशनको समन्वय तथा किर्गिजस्तान हाप्किडो संघको आयोजनामा यही २३ – २५ जुन २०२५ मा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा भाग लिनका लागि जान लागेका नेपाल हाप्किडो संघको राष्ट्रिय खेलाडी समीर गुरुङ र सरोज गुरुङलाई बेलकोगढी नगरपालिकाको नगर प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले खेलाडीहरुलाइ सम्मान सहितको बिदाइ गरेका छन् ।
सो अवसरमा मेयर गुरुङ बेलकोटगढी नगरपालिकाबाट हुन सक्ने आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलाीद्धय बेलकोटगढी ४ जिलजिले दशथरका हुन् ।
हाप्किडो खेल एउटा कोरियन मार्शल आर्ट्स खेल हो। यो खेल विशेष गरेर आत्मरक्षाको लागि खेलिन्छ । यो खेल मार्शल आर्ट्स भएपनि यसका विधाहरु भने अलग्गै छन् । जुन अन्य मार्शल आर्ट्सका खेलहरुसङ्ग मेल खादैनन् ।
हाप्किडो विशुद्ध आत्मरक्षाको लागि खेलिने खेल भएपनि यसको खेल्ने शैली, किक, पन्च, ज्वाइन्ट कल, थ्रोइङ्ग, ग्रापलिङ्ग, हाईफल, लङ्गफल फरक हुन्छ भने यसमा विपन(हतियार) को समेत प्रयोग गरिन्छ । त्यसैले यो खेल खेल्दा निकै आकर्षित, सुरक्षित, रोमाञ्चकारी र सनसनीपूर्ण देखिन्छ ।