
विदुर । बागमती प्रदेशका मुख्यमन्त्री रहेको जिल्ला भएकाले अन्य जिल्लाको तुलनामा नुवाकोट जिल्लामा बजेटको वर्षा नै भएको छ । विगतका वर्षहरुमा एउटा बजेट पाउन निकै सास्ती व्यहोर्नु परिरहेका बेला अहिले भने नुवाकोट जिल्लमा प्रदेश सरकारबाट मात्रै साना ठुला गरि एकसयभन्दा बढि योजनामा बजेट विनियोजन भएको छ । तथ्यगत योजनाहरुलाई आधार मान्ने हो भने झण्डै दुई अर्ब हाराहारीमा बजेट परेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाको निर्वाचन क्षेत्र क्षेत्र नं २ को ख प्रदेशका विभिन्न योजनाका लागि झण्डै ३० करोड भन्दा बढि विनियोजन भएको छ भने विदुरनगरपालिका तारकेश्वर गाउँपालिका, बेलकोटगढी नगरपालिकाका केही क्षेत्रहरुमा पनि बजेट विनियोजन भएको छ । विदुर नगरपालिका अन्र्तरगत जिल्लाको पहिलो अस्पताल त्रिशूली अस्पतालमा मातृ–शिशु वार्ड सहितको अत्याधुनिक भवन निर्माणको लागि ५ करोड बजेट विनियोजन भएको छ । यसले अस्पतालको सुविधा सम्पन्न वार्ड निर्माण गरिने छ । अस्पताल विकास समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बजेट विनियोजन भएकोमा सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।
यस्तै किास्पाड.को वडा न २ र ३ मा रहेका सामुदायिक भवन निर्माणसहित जिल्ला समन्वय समिति नुवाकोटको भवन मर्मतका लागि भन्दै ४ करोड विनियोजन भएको छ । यस्तै जिल्लामा निकै चर्चामा राखिएको विदुर ५ पिपलटारमा रहेको च्वाडी माविको जग्गमा क्रिकेट मैदान निर्माणका लागि ५० लाख मात्रै विनियोजन गरिएको छ । यसलाई बहुवर्षीय योजनाका रुपमा समावेश गरिएको छ । उक्त रंगशालाका लागि भने बजेट थोरै भएको भन्दै समाजिक सञ्जालमार्फत आलोचना पनि भैरहेको छ । यस्तै त्रिभुवन त्रिशूली माविका लागि भवन निर्माणमा पनि बजेट विनियोजन गरिएको छ । तल्लो जिलिङ सडक सञ्जाल आयोजना बेलकोटगढि – ८–६बाँझे– सानोचौतारा–गुरूङपधेरो– मड्किला– खतिवडागाँउ,बाँझे धितामुण्टा– ठुलोखोला भंगेरी,काँशिटार–न्यौपानेटोल– खेलकुद मैदान दहालडाँडा,मुलपानि डाँडा– तिम्सेनाटोल– चिसापानी, पाँचखले चौतारो– पुडासैनीटोल– एक्ले सडक निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।
यस्तै बेलकोटगढीगढी कै वडा नं २ मा पर्ने चाउथे दोभान पुल निर्माणका लागि ४ करोड ५० लाख विनियोजन भएको छ । वडा नं २मा सेरा चिनियाखर्क सिमलडाँडा चाउथे सडकका लागि २५ लाख विनियोजन भएको छ । वडा नं २ मा नै १० लाख बराबरका एक दर्जन भन्दा बढि योजना विनियोजन भएको छ । चिम्टेश्वर मन्दिरको पूर्वाधार विकासका लागि पनि १० लाखा बजेट विनियोजन गरिएको छ । यस्तै तारकेश्वर गाउँपालिकाभित्रका दर्जनौं योजानहरु समावेश भएका छन् । सो अनुसार वडा नं १० र ११ मा पनि १० लाखका दर्जनौं योजनाहरु परेका छन् । बेलकोटगढी खानेपानी योजना,निरञ्जना खानेपानी योजना,बेलकोटेखोला चापटेफाँट सिचाई बेनपा १० मा १० लाखका योजनाहरु परेका छन् । पूर्वाधार निर्माण तर्फः १. छत्रेखोला शेराचौर मानेडांडा दाङसिङ सडक, तारकेश्वर १,५,६, नुवाकोट १,६२,००,००० २. सामरी कल्लावारी दाङसिङ सडक तारकेस्वर २,७०,००,००० ३. महादेवफाँट पुल–बुधसिंह–नेवारपानी जोरचौतारा कौछीनी सडक तारकेस्वर ४,३ नुवाकोट ४,०५,००,००० ४. अम्बोटे पक्की पुल तारकेश्वर–४, ५ नुवाकोट १०,००,००० ५. महादेवफाँट पुल–बुधसिंह–नेवारपानी जोरचौतारा कौछीनी सडक बांकी खण्ड तारकेस्वर ४,३ नुवाकोट ४,५०,००,००० ६. गोस्र्याङ्, निगलिनी हुँदै दाङसिङ सडक कालोपत्रे, तारकेश्वर गाउँपालिका, नुवाकोट २,७०,००,००० ७. ढोडँवेसी पुल हुँदैं तारुका सडक स्तरोन्नती तारकेस्वर २, ३, ४ २,७०,००,००० ८. छत्रेखोला सडक पुल ४,०५,००,००० खानेपानी तर्फः १. केउरेपानी खानेपानी योजना तारकेस्वर ३, नुवाकोट, १०,००,००० २. ठाँटीखोला खानेपानी योजना, तारकेश्वर ३, नुवाकोट, १०,००,००० ३. धनराई डांडाखर्क खानेपानी योजना, तारकेश्वर २, नुवाकोट, १०,००,००० ४. बिचारे खोला मुहान गरी बेलडाँडा खानेपानी योजना, तारकेश्वर १, नुवाकोट, १०,००,००० ५. तल्लो दर्शनटार खानेपानी योजना, तारकेश्वर–४, नुवाकोट, १०,००,००० ६. पुरानो बुधसिंह खानेपानी योजना, तारकेश्वर–४, नुवाकोट, १०,००,००० ७. काफलपानी भञ्ज्याङ्गखर्क खानेपानी योजना तारकेश्वर–४, नुवाकोट, ८,००,००० ८. डाँडाखर्क खानेपानी योजना, तारकेश्वर–६, नुवाकोट, १०,००,००० ९. भमरा पहराभिर अधुरो खानेपानी योजना, तारकेश्वर–६, नुवाकोट, ८,००,००० सिँचाई तर्फः १. ख¥याङखुरुङ खोला मलेस्योङ्ग पैतिसेफांट हिलेफांट सिंचाई कुलो, तारकेश्वर १, नुवाकोट, १०,००,००० २. जन्तरे बिचकुलो अधुरो सिंचाई तारकेश्वर १, नुवाकोट, १०,००,००० ३. छाङ्गाखोला छापडांडा रयलछाप सिँचाई तारकेश्वर १, नुवाकोट, १०,००,००० ४. घट्टेखोला मुहान गरि देउरालीडांडा सिंचाई कुलो, तारकेश्वर १, नुवाकोट, १०,००,००० ५. लुङ्गरेखोला मुहान हुँदैं छापडांडा सिंचाई कुलो, तारकेश्वर १, नुवाकोट, १०,००,००० ६. जल्कीनी मुनी बगर खेत संरक्षण, तारकेश्वर २, नुवाकोट, १०,००,००० ७. अमारे, ओजल गैरी सिंचाई कुलो निर्माण, तारकेश्वर २, नुवाकोट, १०,००,००० ८. पिमलटार ठुलोटार माझिगाउँ बिर्ताफाँट सिंचाई योजना, तारकेश्वर २, नुवाकोट, १०,००,००० ९. पिमलटार सिंचाई योजना, तारकेश्वर २, नुवाकोट, १०,००,००० १०. गैडे उपल्लो डि ठुलोटार माझिटार सिंचाई योजना, तारकेश्वर २, नुवाकोट, ८,००,००० ११. फड्के खोलेवेसी बगुवा सिँचाई योजना, तारकेश्वर २, नुवाकोट, १०,००,००० १२. खेल्चा भुत्याङ्ग सिँचाई योजना, तारकेश्वर २, नुवाकोट, १०,००,००० १३. कटिनीखोला गैरीखेत सिंचाई नहर निर्माण तारकेश्वर ३, नुवाकोट, १०,००,००० १४. सादिखोला पसंगखेल फाँट सिंचाई, तारकेश्वर ३, नुवाकोट, १०,००,००० १५. गोरखनाथ आ.बि. तथा भुजेल वस्ती संरक्षण तारकेस्वर ३, नुवाकोट, १०,००,००० १६. लामाचौर सिँचाई योजना, तारकेश्वर ३, नुवाकोट, १०,००,००० १७. सिस्नेरी छत्रेखोला कालोढुंगा फट्के सिंचाई तारकेश्वर–४, नुवाकोट, १०,००,००० १८. एकवार डुडे सिंचाई कुलो निर्माण तारकेश्वर–४, नुवाकोट, १०,००,००० १९. बुधसिंगफाँट सिंचाई तारकेश्वर–४, नुवाकोट, १०,००,००० २०. लमपाटामा पानी संकलन ट्यांकी, तारकेश्वर–४, नुवाकोट, १०,००,००० २१. ज्यामिरेखोला दोभान खेत र साउनेखेत सिंचाईकुलो निर्माण तारकेश्वर–५, नुवाकोट , १०,००,००० २२. कुसुनडांडा सिंचाई योजना तारकेश्वर–५, नुवाकोट, १०,००,००० २३. गुराँसे सिंचाई ट्याङकी निर्माण, तारकेश्वर–६, नुवाकोट , १०,००,००० २४. हल्लेखेत ठाडो कुलो सिंचाई योजना, तारकेश्वर–६, नुवाकोट, १०,००,००० भवन निर्माण तर्फः १. न्यू फलाटे युवा क्लब भवन निर्माण तारकेश्वर १, नुवाकोट, १०,००,००० २. शहिद स्मृति भवन निर्माण तारकेश्वर १, नुवाकोट, २५,००,००० ३. भट्टराई कुलबंश मन्दिर प्रतिक्षालय तारकेश्वर ४, नुवाकोट, १०,००,०००योजना परेका छन् ।
उता माओवादीका प्रदेश सांसद रामप्रसाद ढुंगानाले भने अत्यावश्यक बजेटका शीर्षकहरु पार्नका लागि भरपुर मेहनत र संड्.घर्ष गरिएको भएपनि पूरा गर्न नसकेकोमा क्षमा याचनाा गर्दै आफूहरुले पेश गरेका योजनाहरु रातारात कटौटी गरिएकोमा दुःख व्यक्र गरेका छन् ।
सांसद ढुंगानाले पार्टीका नेता कार्यर्तालाई सम्बोधन गर्दै धैर्यताकासाथ रहन आग्रह गर्दै आगामी दिनमा बजेट पार्ने भन्दै आवश्वस्त पार्ने प्रयास पनि गरेका छन् । माओवादीले कांग्रेस एमाले नेतृत्वको सरकारले आफूहरुले पेश गरेका योजनाहरु छानी छानी कटौती गरेको आरोप लगाएको छ । समाजिक सञ्जालमार्फत माओवादी समर्थित नेता कार्यर्ताहरुले भने कनीका छरे जसरी बजेट छरेकोमा पनि विरोध जनाएको छ ।