
विदुर । राष्ट्यि स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे राजनीतिसँगै सामाजिक काममा पनि त्यतिकै सक्रिय हुन थालेका छन् । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं २ का पाण्डे गत संसदीय निर्वाचनमा राष्ट्यि स्वतन्त्त पार्टीबाट निर्वाचन लडेका थिए ।

कांग्रेस नेता अर्जुननरसिंह केसीसँग थोरै मतले पराजित भएका पाण्डे त्यसयता झण्डै सय पटक नुवाकोट क्षेत्र नं २ को गाउँवस्तीमा पुगिसकेका छन् । पछिल्लो पटक पाण्डे राजनीतिक भेटघाट भन्दा पनि समाजिक अभियानकामा सक्रिय छन् । उनले कृषक लक्षित फलफूलका विरुवा वितरण सुरु गरेका छन् ।
पाण्डेका अनुसार हालसम्म उनले २० हजार विरुवा वितरण गरिसकेका छन् । मंगलबार र बुधबार मात्रै पाण्डेले १५ हजार भन्दा बढि कागती र सुन्तलाको विरुवा वितरण गरेको नुवाकोट पुकारलाई जानकारी दिए । नेता पाण्डेका अनुसार मंगलबार तारकेश्वर गाउँपालिकाको वडा नं १ मा वितरण गरिएको थियो भने आज बुधबार म्यागड. गाउँपालिकाको वडा नं ३ देउराली,वडा नं २ बुड्ताड. वडा नं ४ को तल्लो र माथिल्लो किड्ताड.,वडा नं ५ र ६ का लागि सामारीबाट वितरण गरिएको छ । पछिल्लो समय सो क्षेत्रमा फलफूलका लागि उपयुक्र क्षेत्र मानिन्छ । बुड्.ताड् सुन्तलाका लागि पकेट क्षेत्र बनिसकेको छ ।

यस्तै पाण्डेले बुड.्ताड.मा मात्रै २७ हजार सुन्तलाको विरुवाको माग भएको बताए । किसानको माग अनुसार आफूहरु विरुवा वितरण गर्दै जाने समेत उनको भनाई रहेको छ ।
यस्तै एभोकार्डको विरुवा पनि वितरण गर्ने तयारीमा रहेको पाण्डेले जानकारी दिए । बोटविरुवाबाट कार्वडाइ अक्साइड उत्पादन हुने र त्यसबाट अक्सिजन निर्माण हुने भएकाले मानव जीवनका लागि पनि बोटविरुवाको महत्व धेरै हुने रहेको उनले बताए । उनले यसका लागि आफ्नो जोड बोटविरुवा उत्पादनमा रहेको पनि बताए। उनेले भने, बोटविरुवा मध्ये सुन्तला र कागती भयो भने किसानहरुले आफ्नै घर वरिपरि हुर्काउन सक्छन र आम्दानी पनि हुन्छ,त्यसैले यसमा जोड दिएको हु,। साथीहरुको सहयोगमा विरुवा वितरण गरिएको पाण्डेले बताए ।
कृषि विज्ञहरुका अनुसार सुन्तला खेती समशितोष्ण हावापानी जहाँ चिसो र घमाईलो, हिउद ओसिला, ग्रीष्म तथा तो हावा नचल्ने मध्य पहाडी क्षेत्रमा उत्पादित सुन्तला फुल्न, फल्न र स्वादिलो फल उत्पादन गर्न उपयुक्त मानिन्छ । यसको खेतीको लागि १०००–१२०० मीटरसम्मको उचाई सबै भन्दा राम्रो मानिन्छ तर ब्यवहारमा ८००–१५०० मीटरसम्म खेती भईरहेको पाईन्छ
यसको लागि १८–३०० से. तापक्रम हुने ठाउँहरु उपयुक्त मानिन्छ तर पनि १४–४०० से. तापक्रम हुने ठाउमा पनि खेती गर्न सकिन्छ ।यस्तै कागती खेती पनि स्य मिटर उचाईदेखि १४ सय मिटर उचाईसम्ममा फल्ने गरेको बताइएको छ ।