
विदुर । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्लाका समाजिक अभियान्ता डा. भीमलाल तामाङले नुवाकोट जिल्लाको किस्पाड. गाउँपालिका ३ स्थित एक विद्यालका विद्यार्थी र विधवा आमाहरुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
नेपालका असल मित्रहरू संस्थाको जि.एफ.एन.परोपकारी परियोजना २०८१ । ०८२ अन्तर्गत बिहीबार किस्पाड. गाउँपालिका वडा नं ३ मा रहेको पन्चलिङ्गे माध्यमिक बिद्यालयमा अध्ययनरत २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभयो । उक्तपरियोजना अन्तराष्ट्यि रुपमा सहयोग प्राप्त भएको संस्था हो । साथै उक्त परियोजना अनुसार महिलाहरुलाई आर्यआर्जनका लागि बाख्रा समेत वितरण गरिएको थियो ।

कार्यक्रममा उक्त परियोजनाकोतर्फबाट वडा अध्यक्षले विद्यार्थीहरुलाई नगद रकम प्रदान गर्नुभएको थियो । यस्तै सोही वडामा रहनु भएका १२ जना एकल तथा (बिधुवा) बयोबृध्द आमाहरूलाई आर्थिक सहयोग तथा दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले संस्थाको तर्फबाट दोसल्ला ओढाएर नगदसहित सम्मान गर्नुभएको थियो ।

नुवाकोट जिल्लामा रहेर राजनीतिसँगै सामाजिक अभियानमा सक्रिय रहँदै आउनु भएका डा. तामाङको यस्तो अभियानले समाजलाई सकारात्मक सन्देश दिने गाउँपालिका उपाध्यक्ष अर्जुन न्यौपानेको भनाई रहेको छ । तामाङ . नेतृत्वको उक्त संस्थाले विगत १० वर्षदेखि नुवाकोट जिल्लाको किस्पाड., म्यागड., दुप्चेश्वर, तारकेश्वर र विदुर नगरपालिकालाई मु्ख्य कार्यक्षेत्र मानेर काम गर्दै आएको छ ।

उक्त संस्थाले विगतमा महिलाहरुका लागि आर्यआर्जन मुलुक सिप प्रदान गर्नुका साथै बाख्रा समेत वितरण गरेको थियो भने झण्डै दुई दर्जन विद्यालयमा अध्ययनरत पाँच हजार भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति स्वरुप आर्थिक सहयोग समेत गरिसकेको संस्थाका निर्देशक डा. तामाड.को भनाई रहेको छ । संस्थाको यस्ता अभियानप्रति राजीतितक दल,जनप्रतिनिधि एवम् सर्वसाधारणले समेत सकारात्मक रुपमा लिएका छन् ।
