
चोगते । जिल्लाको सुर्यगढी गाउँपालिकाले मिनिलिटर अर्थात ट्याक्टर खरिद सम्बन्धि विषयमा साामाजिक सञ्चाल र पत्रपत्रिकामा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै गाउँपालिकाको तर्फबाट स्पस्ट पार्नु भएको छ ।
अध्यक्ष घलेले मिनिलिटर खरिद सम्बन्धमा गाउँपालिकाको कषि शाखाबाट वैशाख १ गते सूचना प्रकाशित गरि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम नियमानुसार १५ दिनको कोटेशन जारी गरि घटिघटाउँ मूल्यको आधारमा एग्रोकस प्रा.लि. थाहा नगरपालिका मवकानपुरलाई गाउँ पालिकाले कार्य आदेश दिएमा सो अनुसार गत जेठ ८ ते २१ थान मिनिलिटर खरिद गरि जेठ ९ ते कृषि सम्बन्धि कारोबार गर्ने संस्थामार्फत किासानलाई वितरण गरिएकोमा यसलाई बंग्याउने
काम गरिएको भन्दै सामाजिक सञ्जालमा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
कुनैपनि मेशिनरी सामाग्रीहरुको ब्रान्ड तथा स्पेसिफिकेशन अनुसार मूल्य फरक फरक पर्न सक्ने व्यहोरा सर्वविवितै रहेको भन्दै अध्यक्ष घलेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा कृषि ज्ञान केन्द्र नुवाकोटबाट वितरण भएको मिनिलिटर र यस गाउँपालिकाबाट खरिद भएको मिनिलिटर भिन्न भिन्न कम्पनीको र गुणस्तर समेत फरक रहेको समेत जानकारी गराउनु भएको छ । उहाले विज्ञप्ति मार्फत यसको विषयमा मेकानिलक इन्जिनियरले प्रमाणित गरेपछि मात्रै भक्तानि दिने आफूले स्पष्ट पार्दापार्दै पनि भ्रष्टाचार भएको भन्दै हल्ला फिजाउनु बदनीयतपूर्ण ढंगले बदमान गर्ने प्रयास मात्रै भएको दावी गर्नुभएको छ । उहाले यस्ता कोलकप्लित समाचार आउनु दुरासयपूर्ण भएको समेत प्रष्ट पार्नुभएको छ ।
उहाले यसै विषयमा नुवाकोट पुकार डटकमसँग कुराकानी गर्दै उक्त कम्पनीले एक वर्ष वारेन्टी, विग्रेकोको खण्डमा होम डेलीभरिको सेवा प्रदान गर्ने , पेटेल समेत हालेर किसानलाई दिएको समेत स्मरण गराउनु भएको छ । उहाल आफूले छानविन गरेर सत्य तथ्य बाहिर आएपछि मात्रै उक्त कम्पनीलाई भुक्तानी दिने भएकाले यस विषयमा आएका समाचार र हल्लाप्रतिको विश्वास नगर्न समेत अपिल गर्नुभएको छ , अध्यक्ष घलेले रासायिनिक मल खरिद सम्बन्धि सरकारी दररेटमा विभिन्न स्थानको भाडादर कायम गरि भाडासहितको मुल्यसुचि सार्वजनिक गरिएको पनि प्रष्ट पार्नुभएको छ ।

उहाले गाउँपालिका आम किसानको पक्षमा रहेकाले कुनै पनि विषयमा अस्पष्टता भएमा गाउँपालिकाले पारदर्शी रुपमा त्यसको जानकारी गराउने प्रतिवद्धता समेत जनाउनु भएको छ । पछिल्लो समय गाउँपालिकाले खरिद गरेको मिनिलिटरको मुल्य ४६ हजार रहेको र त्यसको ५० प्रतिशत अनुदान अनुसार २३ हजारमा वितरण गरेको थियो । तर सोही प्रकृतिको मिनिलिटरलाई कृषि ज्ञान केन्द्रले ३७ हजारमा खरिद गर्दै १८ हजार ५ सयमा वितरण गरेको भन्दै पत्रपत्रिका र सामाजिक सञ्जालमा विरोध भएको थियो ।