
फाइल तस्बिर
विदुर । सरकारले मिटरव्याजी विरुद्ध कारबाही गर्ने भन्दै पिडित भएका सर्वसाधारणलाई उजूरी दिन गरेको आह्रवान अन्ुसार नुवाकोट जिल्लामा पनि उजूरी परेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार कार्यलयले सूचना जारी गरि तोकिएको दिनसम्ममा आठ जना विरुद्ध उजूरी परेको छ ।
उजूरी परेकाहरुलाई प्रशासनले फोन मार्फत कार्यालयमा बोलाएर सोधपुछ थालेको छ । पछिल्लो समय तराईमा हुँदै आएको मिटरब्याजसम्बन्धि कारोबार गाउँ गाउँमा समेत हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख महिनाभरि निवेदन दिन सूचना जारी गरेको थियो ।
तर फेरि त्यसमा गृह मन्त्रालयलको निर्देशनपछि पुनः सात दिन अर्थात जेठ १ गतेदेखि ७ गतेसम्म म्याद थपिएको थियो । सो अवधिसम्म आठ जनाको उजूरी आएको र त्यस विषयमा छानविन गरिरहेको प्रशासनले जनाएको छ । प्रशासनले उजूरी गर्ने र मिटरव्याजी भनिएकाहरुको नाम भने गोप्य राखेको छ ।