
विदुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यहरु मनोनयन गर्नु भएको छ । पार्टीमा योय नेता कार्यकर्तालाई जिम्मेवारी दिने बताएको केही दिनपछि सभापति देउवाले महिला संघम ५१ जनालाई जिम्मेवारी दिनुभएको छ । पार्टीका महामन्त्रीहरु सभापति देउवालाई हटाउनका लागि विशेष महाधिवेशनको नारा बोकेर जिल्ला दौडाहमा निस्किएको केही दिनपछि सभापति देउवाले पार्टीका भातृ संस्था तथा निकायहरुलमा मनोनित गर्न थाल्नु भएको छ ।
स्रोतका अनुसार सभापति देउवाले शेखर कोइराला निकटकाहरुलाई पनि जिम्मेवारी दिनुभएको छ । सभापति देउवाले पार्टी विधान अनुसार मनोनयन गर्नुभएको पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । सभापति देउवाले मनोनित गर्नुभएको लिष्टमा नुवाकोटबाट कल्पना नेपाली परेकी छिन् । नेपाली नेपाल महिला संघकी पूर्व जिल्ला अध्यक्ष हुन भने प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हुन ।
सभापति देउवाले मनोनयन गर्नुभएका केन्द्रीय सदस्यहरुमा निम्म लिखित रहेका छन् , डा. अमिता प्रधान काठमाडौं,अमृता थापा मगर मकवानपुर,उमा शिवाकोटी झापा,उर्मिला प्रधान सुनसरी,एलिजा अधिकारी चितवन कमला तिवारी नवलपरासी,कल्पना नेपाली नुवाकोट,किरण सरकार पर्सा,गीताकुमारी गुरुङ चितवन,गीता श्रेष्ठ सुनसरी,चन्द्रादेवी जोशी बझाङ,चिनु पोखरेल तनहुँ,छाया सुनार कालिकोट,छिरिङ फुटिक शेर्पा तेह्रथुम,ज्वाला पाण्डे काठमाडौं,तारा थपलिया दोलखा,दिपशिखा शर्मा ढकाल सिन्धुली,निनु कर्ण महोत्तरी,नवोदिता चौधरी सुनसरी,पवित्रा पौडेल ढकाल पाल्पा,पार्वती आचार्य बाग्लुङपार्वती चन्द डोटी,पुष्पा थारु रुपन्देही ,प्रमिला महतो धनुषा भगवती के.सी. बाग्लुङ,भागिरथा अधिकारी मोरङ,भावना शाही कालिकोट,भारती जोशी बाँके,मथुरा विष्ट ललितपुर,मञ्जु नेपाल सिन्धुपाल्चोक,माया के.सी. स्याङ्जा,मिना सिंह प्रजापति काठमाडौं,मिरा चन्द कञ्चनपुर,मुन्नी गुप्ता सप्तरी,रमा अर्याल रुपन्देही,राधा कार्की झापा,राधा कुँवर पर्वत,रञ्जिता गिरी काठमाडौं,रिता शाही हुम्ला,रीसा श्रेष्ठ ललितपुरलाई मनोनित गरिएको छ ।
सभापति देउवाले मनोनित गर्नुभएको अन्य नेताहरुमा लक्ष्मी बाराकोटी प्रसाई झापा,,लिलाकुमारी नेपाल काभ्रेपलाञ्चोक,वसन्ती भण्डारी डडेल्धुरा,विमला गैरे कपिलवस्तु,सनिसा भेटवाल तेह्रथुम,सरस्वती बस्नेत (सरु) कैलाली रहेका छन् । यस्तै सरिता आङ्दम्बे खोटाङ,डा. सीता घिमिरे मोरङ ,सीता भुषाल अर्घाखाँची सुष्मा तिवारी पर्सा,सुस्मिता थापा लम्जुङ,संगिता तामाङ ओखलढुंगा रहेका छन् । पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा थप नfमाबली पछि प्रकाशित गरिने उल्लेख गरिएको छ ।