
काठमाडौं । काठमाडौको तारकेश्वर नरपालिका वडा नं ११ हिलेटोल मनमैजुमा सरस्वतीको मुर्ति प्रतिस्थापन गर्दै मन्टेश्वरी विद्यालय सञ्चालनमा आएको छ ।
आज विद्यालय परिवारलको तर्फबाट विद्यालय प्राड्.णमा सरस्वतीको मुर्ति प्रतिस्थापन गर्दै वैधिक विधिाद्धारा पुजा होम, तथा रुद्रीको आयोजना गर्दै विद्यालय सञ्चालनको औपचारिक घोषणा गरिएको थियो ।

हाल मन्टेश्वरी विधिद्धारा पिजेदेखि यु केजीसम्म सञ्चालन हुने विद्यालयलाई निटक भविष्यमा नै कक्षा थप गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुँकेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस नुवाकोटका नेता तथा समाजसेवी उपेन्द्र कुँईकले, कांग्रेस जिल्ला सदस्य तथा समाजसेवी गणेश सिटौला, इजेज स्कुलका पूर्व प्रिन्सिपल तथा शिक्षासेवी रामगोपाल खड्का, समाजसेवी केदारनाथ पाठकले सञ्चालन गर्नुभएको उक्त विद्यालयलाई हाल ५० जना साना बालबालिकाहरु भर्ना भएको विद्यालयका प्रिन्सिपल रोमगोपाल खड्काले जानकारी दिनुभयो । करिब दुई रोपनी जगामा विद्यालयले ट्स्ट बनाएर कक्षा सञ्चालन सुरु गरेको छ ।

राजनीतिमा लागेकाहरु व्यवसायिक बन्नुपर्दछ भन्ने पछिल्लो भनाईलाई स्मरण गर्दै व्यवसायिक यात्रा सुरु गरिएको सञ्चालक समितिका अध्यक्ष गणेश सिटौलाले नुवाकोट पुकार डटकमलाई बताउनुभयो । सो अवसरमा विद्यालयका अभिभावक, विद्यार्थी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।