
विदुर । एमालेका नेता तथा समाजसेवी कृष्णप्रसाल लामिछाने(केपी) ले आफ्ना स्वर्गीय पिताको स्मृतिमा स्थापना गर्नुभएको भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानले नुवाकोट जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसैक्रममा प्रतिष्ठान मार्फत जिल्लाको तादी गाउँपालिकास्थित टुटुङ प्राविमा अध्ययनरत ७२ जना छात्रा छात्र हरु लाई झोला,जुत्ता स्टेसनरी सनानग्री वितरण गरिएको छ ।
यस्तै पहिलो हुने चार जना लाई एक एक हजार रुपैयाँ र आखा नदेख्ने एक जनालाई पाँच हजार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । उक्त सहयोग बिनायक अस्पताल तथा प्रसुति गृह प्रालिका सल्लाहकार तथा समाजसेबी प्रकाश श्रेष्ठको सहयोगमा वितरण गरिएको अध्यक्ष लामिछानेले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष लामिछानेसहित विद्यालयका प्रअ, तथा विद्यार्थी एवं शिक्षकहरुको सहभागिता रहेको थियो । यसअघि पनि प्रतिष्ठानले जिल्लाका विभन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा गरिब, असहायहरुलाई सहयोग गर्दै आएको छ ।