
धुलिखेल । बागतमी प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ ।
धुलिखेलमा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले धेरै योजनाहरु समेटन् खोज्दा बजेट कनीका छरेजस्तो भएको भन्दै यसको प्रभावकारिताप्रति असन्तुष्टि जनाउनु भएको हो ।
मुुख्यमन्त्री लामाले सबैतिर बजेट छरिँदा कतैपनि प्रभावकारी काम हुन नसक्ने स्वीकार गर्नुभयो । बागतमीमा बजेटको शिलिड. बढाउने विषयमा प्रदेशका आर्थिक योजान मन्त्री मुन्दनराज काफ्ले र मन्त्रालयका सचिवबीच विवाद भएको थियो । यस्तै बजेटका विषयमा मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेबचि समेत मनमुटाभ भएको बुझिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भन्नुभयो, ‘यति धेरै योजना भयो की, योजना कता हो कता भयो । मलाई पहिला सम्झना छ, तित्राको बच्चा नभेटेको जस्तै भयो। हामीले सबैतिर आँखा लगायौं, तर तित्राको बच्चा कहिल्यै पनि भेटिएन । पछि थाहा भयो, एउटालाई मात्रै हेर्यो भने सम्भव हुनेरहेछ, धेरै तित्राको बच्चा हेर्यो भने एउटा पनि नभेटिनेरहेछ ।’योजनाको प्राथमिकीकरण गर्न नसकेको समेत उहाँले स्विकार गर्नुभयो। आफुले १३ हजार योजनाबाट केहि योजना घटाउन चाहेको भएपनि नसकेको पनि स्वीकार गर्नुभयो ।
‘पहिले नै फोहोर भइसकेका कारण सफा गर्न गह्रो भएको भयो, उनले भने, अहिले जसरी सफा गर्नुपथ्र्यो त्यो सकिएन ।मैले भनेकै ठाउँमा बजेट चाहिन्छ भन्दा महत्वपूर्ण योजना छुटेको हुनसक्ने उनले बताए । मैले भनेको ठाउँ र उसले भनेको ठाउँमा, गोठ जाने बाटो र यता जाने बाटोमा बढी केन्द्रित भएको भन्दै मुख्यमन्त्री लामाले वास्तविक योजना नपरेको बताउनुभयो ।