
विदुर । नुवाकोट जिल्ला पुरानो सामुदायिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस वट्टारको नवनिर्मित भवनको उदुघाटन गरिएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले आइतबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
विदुर नगरपालिका ४ बट्टारमा रहेको सो सामुदायिक क्याम्पसमा ’विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर र विदुर नगरपालिकाको आर्थिक सहयोगमा १२ कोठे तीन तल्ले पक्कि आधुनिक भवनको उद्घाटन गरिएको हो । कुल दुई करोड रुपैया लगानीमा नवनिर्मित कक्षाकोठा भवनवाट विद्यार्थीहरुलाई अध्ययन तथा शिक्षकहरुलाई अध्यापन गर्न सुविधा पुगेको क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर श्रेष्ठले अबको शिक्षा प्रणाली सुधान हुनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,प्लस टु उत्तिर्ण गर्ने वित्तिकै विद्यार्थीहरुमा विदेश नै जानु पर्छ भन्ने मानसिकता वसेकाले त्यसको निरुपण जरुरुी छ,। विद्यालयस्तरवाटै आधुनिक र व्यवहारिक शिक्षा अवलमवन गर्नु पर्ने समय आएको मेयर श्रेष्ठको भनाई थियो । भवन निर्माण समयमै गरेका निर्माण व्यवसायी राजन श्रेष्ठ र सजन श्रेष्ठका साथै इन्जिनियरहरु सुरज लामा र उत्तमकुमार शाहलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा मेयर श्रेष्ठ, उपमेयर प्रभा वोगटी, क्याम्पस अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायणमान डंगोल, सन्चालक समितिका सदस्यहरु, वडाध्यक्षलगायतले उनीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गर्नुभएको थियो । । जिल्लाकै पुरानो क्याम्पस भएकाले नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका विद्यार्थीहरु अध्ययन गरिरहेको क्याम्पस प्रमुख नारायणमान डंगोलले जानकारी दिनुभयो । हाल क्याम्पसमा एकहजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।