
विदुर । समृद्ध पञ्चकन्या निर्माण गर्ने उदेश्यकासाथ नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ । आज गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभामा अध्यक्ष तेज बहादुर लामाले पेश गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष विमला केसीले वार्षिक नीति तथा कार्यक्रम,आर्थिक वर्ष २०८२।०८३को आर्थिक विधेयक, विनियोजना विधेयक र बजेट वक्तव्यलाई सर्वसम्वत रुपमा पारित गरिएको छ ।
साथै गाउँसभामा न्यायिक समितिको प्रतिवेदनकासाथै कार्यपालिकाकाबाट भएका निर्णयहरुको अनुमोदन समेत गरिएको छ । गाउँसभामा उपाध्यक्ष केसीले प्रस्तुत गर्नुभएको बजेट अनुसार आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४३ करोड ७३ ला ६७ हजारको बजेट विनियोजन गरेको छ ।
उक्त बजेट विनियोजन(१) को ऐनद्धारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२।०८३ को निमित्त गाउँपालिकाको वडा समिति,विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने छ ।
यसअघि वार्षिक कार्यक्रम पेश गर्दै अध्यक्ष लामाले गाउँपालिकाका १४ जना स्वर्गीय योद्धाहरुको पनि स्मरण गर्नुको थियो । साथै उहाँले गाउँपालिकाले चालू आर्थिक वर्षमा गरेका आवधिक योजानहरुका विषयमा पनि जानकारी गराउनु भएको । अध्यक्ष लामाले पेश गर्नुभएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकामा २४ पक्की ९३ किलोमिटर गभेल सडक र १९४ किलो ग्रामिण सडक रहेका छन् ।
यस्तै गाउँपालिकाका सबै वडामा सडक पुगेको, गाउँपालिदेखि प्रमु्ख राजमार्गमा सडक सञ्जाल पुगेको छ । यस्तै ५ ओटा पक्की भवन, ३ ओटा सम्पन्नका साथै ७ ओटा भवन आंशिक रुपमा निर्माण सम्पन्न भएको पनि उल्लेख गरिएको छ । यस्तै चालु आवमा एक ओटा झोलुड.्गे पुल निर्माण भएको र हाल गाउँपालिकामा २१ झोलुड्.गे पुल सञ्चालनमा रहेको पनि उल्लेख गरिएको छ ।