
विदुर । नुवाकोट जिल्लाको दोस्रो ठुलो पालिका बेलकोटगढी नगरपालिकाले पनि आज नगरसभा तथा अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाका मेयर जगत बहादुर लामाको सभाध्यक्षमा सम्पन्न भएको नगरसभामा मेयर लामाले वार्षिक नीति तथा कार्यक्रम तथा उपमेयर शिवप्रसाद दाहालले वार्षिक बजेट पेश गर्नुभएको थियो ।

उपमेयर दाहालले पेश गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तब्य, बिनियोजन बिधेयक(२०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदन लगायताका अन्य विधेयकहरु पनि पारित गरिएको छ । नगरसभामा उपाध्यक्ष दाहालले कुल ९७ करोड,६४ लाखको बजेट नगरसभामा पेश गर्नुभएको छ ।

उपमेयर दाहालले पेश गर्नुभएको निमित्त अनुसुूची १ मा अनुसार उल्लेखित चालू खर्च, पूजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरि जम्मा रु ९७ करोड ६४ लाखको बजेट रहेको छ । उक्त बजेट विनियोजन(१) को ऐनद्धारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आथिृक वर्ष २०८२।०८३ को निमित्त नगरपालिकाको वडा समिति,विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने छ ।

नगरपालिकाले पेश गरेको बजेटमा आगामी आर्थिक वर्षमा कृषि, पर्यटन र पूर्वामा विशेष जोड दिइएको छ । नुवाकोट जिल्लाकै प्रशिद्ध चिम्टेश्वर संरक्षण र प्रवद्र्धनका लागि चिम्टेश्वर विकास ऐन र चिम्टेश्वर विकास समितिलाई वैधानिकता प्रदान गरिएको छ । यस्तै बजेटमार्फत आगामी आर्थिक वर्षका लागि बेलकोटगढीले वडा नं ८ र १२ मा प्रसुतीसहित बार्थिड. सेन्टर स्थापनालाई जोड दिएको छ भने बालमैत्री विद्यालय,किसान मैत्री कृषि कार्यक्रम, एसबीबीएस डाक्टरबाट प्रदान हुने सेवालाई विस्तार लगायतका कार्यक्रममा विशेष जोड दिएको छ ।

नगरसभामा मेयर जगत बहादुर लामाले समृद्ध बेलकोटगढीको विकासका लागि आगमी आर्थिक वर्षको बजेट उपयोगी हुने विश्वस व्यक्त गर्नुभयो । उपमेयर शिवप्रसाद दाहालले ठुलो नगरपालिका भएकाले आम नागरिक तहबाट विकासका लागि धेरै योजानहरुको माग भएकाले सबे पूरा गर्न सकने सामथ्र्य नगरपालिकासँग नभएकाले माग हुने प्राथमिकताका आधारमा योजनाहरु छनोट गरिएको जानकारी दिनुभयो ।नगरसभामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
नुवाकोट जिल्लाको दोस्रो ठुलो नगरपाकिला भएकाले यसको विकासका लागि धेरै ठुलो मिहिनेत गर्नुपर्ने अवस्था रहेको छ । साविक गाविसहरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर (१–६ र ९) समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको थियो । यसको क्षेत्रफल १५५.६ वर्ग किलोमीटर छ भने जनसंख्या ३५२४४ सहित १३ वटा वडामा विभाजन गरिएको छ ।