
तस्बिर सौजन्य ः जिल्ला प्रहरी कार्यालय नुवाकोट
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पछिल्ला दुई दिनमा भएका विपदका खटनाहरु सार्वजनिक गरेको छ ।
प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम लामाले सार्वजनिक गर्नुभएकोे विवरण अनुसार आषाण १२ गते राती साढे १० बजेको समयमा नुवाकोट लिखु गाउँपालिका वडा नं.६ फगटे स्थित जिल्ला पश्विम रुकुम चौरजाहरी नगरपालिका वडा नं १ घारीगाँउ स्थायी वतन भई हाल लिखु गाउँपालिका वडा नं. ६ फगटे स्थित चन्द्र बहादुर बिष्टले संचालन गरेको बिष्ट पोल्ट्री फर्ममा रातीको अबिरल बर्षाको कारणले फगटेखोलामा बाढी पसी पोल्ट्री फर्ममा रहेको २७ सय बोईलर कुखुरा मरेको, कुखुराको दाना, औषधी र कुखुरा गरी चौध लाख मुल्य बराबरको क्षति भएको छ ।

यस्तै १३ गत दिउँसो बजेको समयमा जिल्ला ककनी गाउँपालिका वडा नं.१ गैरीटोल स्थित दिपक तामाङको जस्ताले छाएको जस्ताले बारेको १ तले कच्ची गोठमा माथिबाट पहिरो खसी गोठ पुरिदा गोठमा भएको ५ वटा बाख्रा मरेका छन् ।
यस्तै अर्को घटना विवरण अनुसार ककनी गाउँपालिका वडा नं. १ भसीबु स्थित बिमनचा खोलाले नजिकै रहेको गोठमा अचानक खोला पस्दा गोठ सहित सुति रहेको अवस्थामा ऐ।ऐ।बस्ने बर्ष ३६ को अशोक बलामी, निजको श्रीमती अन्दाजी ३२ वर्षीया कमला बलामी र गोठमा रहेको १ वटा रागाँ, ८ वटा बाख्रा बगाएको भन्ने सूचना प्राप्त हुन साथ प्रहरी चौकी ककनी नुवाकोटबाट प्रहरी निरीक्षक सहितको टोली र प्रहरी चौकी ओखरपौवा नुवाकोटबाट प्रहरी सहायक निरीक्षक सहितको टोली खटिई गई खोजतलास गर्दा अशोक बलामीलाई फेला पारी उद्दार गरी उपचारको लागि काठमाण्डौ स्थित पिपुल्स अस्पतालमा पठाईएको, कमला बलामी बेपत्ता रहेकोले खोजतलास कार्य भई रहेको, बताइएको छ ।
यस्तै उक्त घटनामा श्याम लाल बलामीको जस्ता छाना, ईट्टा ढुङगाले बनेको १ तले गोठ र १ वटा भैसी र हाते ट्याक्टर बगाएको, ऐ।ऐ।बस्ने सुरेन्द्र बलामीको जस्ताको छाना, ईट्टा ढुङ्गाले बनेको १ तले गोठ र ५ वटा बाख्रा बगाई लगेको, ऐ।ऐ।बस्ने बर्ष अं।५० को प्रविण बलामीको २ तले पक्की घर भित्र बाढी पसी क्षति पुर्याएको र सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षीय श्याम बलामीको १ तले गोठ र दुना भैसी १, पाडा २ वटा बगाई लगेको, र सोही स्थानका धनराज बलामीको १ तले गोठ क्षति भएको, स्थानीयहरुको धानबाली बाढीले पुरिएको क्षतिएको एकिन बिवरण आउन बाँकी जनाइएको छ ।
उल्लेखित घटनाहरुमा नजिकको प्रहरी इकाईहरुबाट प्रहरी अधिकृत सहितको टोली खटि गई स्थानीय मानिसहरुलाई सचेत, बेपत्ता मानिसको खोजी तथा उद्दार र क्षतिको विवरण लिने कार्य भई सूचना अधिकारी लामाले जानकारी दिनुभएको छ ।