
काठमाडौं । राजधानीको गोंगबुमा रहेको बिनायक अस्पताल तथा प्रसुती गृह प्रा.लि मा कुमारी बैकका ग्राहकले विशेष छुट पाउने भएका छन् ।
क वर्गको बाणिज्य बैंकको रुपमा रहेको उक्त बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । आज असार १३ गते शुक्रबार अस्पतालमा आयोजित एक विशेष कार्यक्रममा अस्पतालका अध्यक्ष तथा प्रवन्ध निर्देशक केपी लामिछाने र बैंकका फुटुङ शाखा प्रमुख पुष्पा लम्शाल र सोनिका लामिछानेले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा अस्पताल सञ्चालक समितिका सदस्य पशुपति लामिछानेसहित अन्य सञ्चालक तथा चिकित्सकहरुको सहभागिता रहेको थियो ।उक्त अस्पतालले यसअघि सिटिजन्स् बैंकका ग्राहकलाई पनि छुट दिने सम्झौता गरेको थियो । एकसय शष्या रहेको अस्पतालले चौबिसै घण्टा सेवा दिँदै आएको छ ।
विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ओपीडी, सिटिस्क्यान, आइसियु,लगायतका अत्याधुनिक खालका सेवाहरु समेत अस्पतालले प्रदान गर्दै आएको छ । यस्तै अस्पतालले नुवाकोट र रसुवाकाबिरामीहरुलाई समेत विशेष छुट दिँदै आएको अस्पतालका अध्यक्ष लामिछानेले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
अस्पताले केही समयमाभित्रै आफ्नै भवनबाट सेवा प्रदान गर्ने र अस्पतालको सेवामा पनि विस्तार गर्ने अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँले अस्पतालले गरिब तथा असहायहरुका लागि समेत उपचारका सहुलियत रहेको समेत जानकारी दिनुभयो । स्मरणीय छ लामिछाने नेकपा एमाले प्रदेश कमिटिका सदस्य तथा तादी गाउँपालिका अध्यक्षका प्रत्यासी हुनुहुन्छ । उहाँले आफ्नो पिताको स्मृतिमा भरतप्रसाद लामिछाने ट्ष्टमार्फत समाजिक सेवा गर्दै आउनु भएको छ ।