
विदुर । नुवाकोटको बिदुर नगरपालिकास्थित संगमचोकमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
आज शुक्रबार साँझ ५ बजेको समयमा गल्छी – त्रिशुली सडक खण्डमा प्र ३–०१ ०२२ च ७२५७ नम्बरको पिक गाडी पार्किङ गरीरहेको अवस्थामा बट्टारबाट बिदुर तर्फ आउदै गरेको ना १४ प ९२३७ नम्बरको स्कुटर आफै अनिन्त्रीत भई गाडीको पछाडी ठोक्किदा स्कुटर चालक बिदुर नगरपालिका ११ गेर्खु बस्ने २६ वर्षीय रोशन परियार घाइते भएका हुन । घाइते भएका परियारको छाती,घाँटी,टाउकोमा चोट लागेको छ ।
यस्तै स्कुटर पछाडी सवार उत्तरगया गाउँपालिका ४ पैरवी बस्ने अन्दाजी ३६ वर्षीय केदार पौडेलको बाँया खुट्टा र दुबै हातमा चोट लागकोले त्रिशूली अस्पताल उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विकास लामाले जानकारी दिनुभयो । साथै प्रहरीले स्कुटर , पिकप चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ।