
विदुर । शुक्रबार बिहानको साढे दुई बजे आएको बाढीले गोठसँगै बगाएकी ककनी गाउँपालिका गाउँपालिका १ की कमला बलामीको शब भेटिएको छ । प्रहरीसहित स्थानीयहरुको सक्रियतामा गरिएको खोजतलासका क्रममा आज ४ बजेको समयमा बेलकोटगढी नगरपालिका बेउरिनी बालुवाखेतस्थित कोल्पुखोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
खोला बगाएका उनका श्रीमान अशोक बलामीको भने राजधानीमा उपचार भैरहेको जनाएको छ । बिमनचा खोलाको बाढीले ककनी १मा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । खोलाले एक दर्जन गोठ तथा गोठमा रहेका पशुचौपालाई समेत बगाएको छ । यस्तै बाढीले बिरमान बलामीको ४ रोपनी बारीमा लगाएको सबै मकै बगाएको छ । यस्तै श्याम बलामीको ५ रोपनीमा लगाएको बमै नष्ट भएको छ । जीवन मलामीको पनि ५ रोपनी बारी बगरमा परिणत भएको छ भने मकै बाली सखाप भएको छ ।