
योगेश्वर आचार्य,पृथ्वी मावि र रोहित श्रेष्ठ अर्किड बोडिड.
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं २ मा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यमिक विद्यालयले यस वर्ष पनि ४ जिपिए ल्याउन सफल भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी योगेश्वर आचार्यले ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।पृथ्वी माविबाट गत वर्षको एसइई परीक्षमा रोजिना भण्डारीले ४ जिपिए ल्याउन सफल भएकी थिईन ।
यस्तै संस्थागत विद्यालयतर्फ अर्किड स्कुलमा रोहित श्रेष्ठले पनि चार जिपिए ल्याउन सफल भएका छन् ।नुवाकोट गगटेका राम श्रेष्ठका छोरा रोहितले ४ जिपिए ल्याउन सफल भएका हुन् ।
नुवाकोट विदुर नगरपालिका वडा नं नुवाकोटका रामहरि आचार्य तथा दुर्गाा चार्याका छोरा योगेश्वर आचार्यले विद्यालयमा उत्कृष्ट नतिजा ल्याएसँगै उनको परिवार र विद्यालयको खुशी मनाएको छ । सानैदेखि अध्ययनरत रहेका योगेश्वर पढ्नमा अब्बल विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
यस्तै विद्यालयले सार्वनजिक गरेको नतिजा विवरण अनुसार पृथ्वीबाट ९१ जना विद्यार्थीले परीक्षा दिएकामा ५७ जनाले ए प्लस ल्याउन सफल भएका छन् । २८ जनाले ए, ५ जनाले बी प्लस र १ जना नन ग्रेडिड.रहेका को प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । उहाँले सबैको साथ र सहयोगकासाथ विद्यार्थीले एत्कृष्ट नतिजाल्याउन सफल भएकोमा आम शिक्षक, विद्यार्थी, अभिभावकसहित सबैलाई बधाई दिनुभएको छ ।