
विदुर । नुवाकोट जिल्लाका केही गाउँपालिकाहरुलाई कार्यक्षेत्र बनाउँदै लगातार सामाजिक अभियानमा सक्रिय समाजसेवी तथा नेपाल समाजवादीका केन्द्रीय सदस्य डा. भीमलाल तामाड.ले नेतृत्व गर्नुभएको नेपालका असल मित्रहरू संस्थाको जि.एफ.एन. परोपकारी परियोजनाले आयआर्जनका लागि महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।

परियोजानको २०८२।०८२ को कार्यक्रम अन्तर्रगत आयस्रोत तथा जिविकोपार्जनको लागि बिदुर नगरपालिका बडा नं. ७ मा रहेका २० जना बिपन्न तथा एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ । संस्थाका निर्देशक डा. भीमलाल तामाड.ले आज आयोजित एक कार्यक्रमकाबीच महिलाहरुलाई बाख्रा वितरण गर्नुभएको हो । यस्तै डा. तामाड.ले श्री बछला देवी माध्यमिक बिद्यालयमा अध्ययनरत २० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, १० जना एकल तथा (बिधुवा) बयोबृध्द आमाहरूलाई आर्थिक सहयोग तथा दोसल्ला ओढाई सम्मान समेत गर्नुभएको थियो ।

सो अवसरमा विद्यार्थीहरुलाई लेखन तथा खेलकुद सामग्रीहरु समेत वितरण गर्नुभयो । कार्यक्रममा सहयागिता जनाउँदै सहयोग गर्ने सबैलाई तामाड.ले धन्यवाद ज्ञापन गर्नुभएको छ । तामाड.ले यसअघि तारकेश्वर गाउँपालिकाका महिला तथा बालबालिकाहरुलाई पनि आर्थिक सहयोग गर्नुभएको थियो । विगत १५ वर्षदेखि नुवाकोटमा क्रियाशिल उक्त संस्थाले भुकम्प, कोभिड तथा डेंगुको महामारीका बेलामा पनि सहयोग गरेको थियो ।
