
– नुवाकोट पुकार समाचारदाता
विदुर । नुवाकोट जिल्लामा रहेका संस्थागत विद्यालयहरुबाट यस वर्षको एसइई परीक्षामा ८३ प्रतिशत विद्यार्थी उर्तीर्ण अर्थात ग्रेडेड भएका छन् । जिल्लाभर रहेका १९ संस्थागत विद्यालयबाट ८३ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीका अनुसार संस्थागत विद्यालयबाट ३४१ विद्यार्थी परीक्षामा सहभागि भएका थिए । जसमध्ये २८३ जना ग्र्रेडिड.मा परेका छन् । त्यसमा २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । जिल्ला सदरमुकाम विदुरमा रहेको अर्किड एकेडेमीका रोहति श्रेष्ठ र तादी गाउँपालिकास्थित ८ बिसेमा रहेको युनिभर्सल बोडिड. स्कुलका दिप्सल सुवेदीले ४ जिपिए ल्याएका हुन ।
यस्तै १९ विद्यालय मध्ये ४ ओटा विद्यालयले सतप्रतिशत विद्यार्थी उत्तर्णि गराउन सफल भएका छन् । शत प्रतिशत उत्तर्णि गराउन सफल हुने विद्यालयहरुमा नुवाकोट ग्लोरी,गणेश भ्यू,नेशनल वेथेल र नर्थ स्टार रहेका छन् । यस्तै २८३ विद्यार्थीमा ५० भन्दा बढि विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन् भने एकसय भन्दा बढिले ए ल्याएका छन् । जम्मा ५५ जना विद्यार्थी भने अनुत्रीर्ण अर्थात एन जीमा परेका छन् ।
प्याब्सन अध्यक्ष अधिकारीले जिल्लामा रहेका संस्थागत विद्यालयहरुले नतिजा शतप्रतिश ल्याउने लक्ष्य राखेको भएपनि यो पटक सम्भवन नभएको तर हालको नतिजाले पनि संस्थागत विद्यालयहरुलाई उत्साहित बनाएको बताउनुभयो । उहाँले अर्को वर्ष शतप्रतिशत नतिजा हात पार्नका लागि पर्ने समेत बताउनुभयो ।
अध्यक्ष अधिकारीले आफु नेतृत्वमा आएपछि कक्षा सिकाईसँगै हरेक महिना फरक फरक विषयमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको भन्दै संस्थागत विद्यालयको गुणस्तरियतामा कुनै सम्झौता नहुने प्रतिवद्धता जनाउनुभयो । उहाँले संस्थागत विद्यालय व्यापारका लागि मात्र खुलेको भनइ यो सेवामुखी भावानकासाथ समेत अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
यसवर्ष समग्र मुलुकको नतिजा ६१ प्रतिशत रहेको छ भने नुवाकोट जिल्लाको ५८.८२ प्रतिशत रहेको छ । यसमा संस्थागत विद्यालयलाई छुट्टै राखेर हर्ने हो भने सामुदायिक विद्यालयको नतिजा ४३ प्रतिशतमा खुम्चिएको छ ।
नुवाकोट जिल्लामा रहेका १५० विद्यालयबाट ३६७० विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १५ सय ११ जनाको एनजी आएको छ । संस्थागत विद्यालयबाट ५५ जनाको मात्रै एनजी आएको छ भने सामुदायिक विद्यालयबाट १४५३ जनाको एनजी आएकोे छ । यसलाई छुट्टा छुट्टै प्रतिशतमा हिसाव गर्ने हो भने सामुदायिक विदालयको नतिजा खस्केको देखिन्छ । यद्यपि केही सामुदायिक विद्यालयले भने उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
जिल्ला सदरमुकाम विदुरमा रहेको पृथ्वी मावि र किस्पाड. सातदोबाटोमा रहेको ज्ञानज्योति माविबाट एक एक जना छात्रले ४ जिपिए ल्याउन सफल भएका छन् । उक्त विद्यालयहरुको अन्य विद्यार्थीहरुले पनि उत्साहजनक नतिजा ल्याउन सफल भएका छन् । पृथ्वीमा एक जनाको मात्रै एन जी आएको छ भने भने ज्ञानज्योतिमा ६ जनाको एन जी आएको छ । यस्तै जिल्लाकै क्षेत्रपाल,महादेव मावि लगायतका,जनज्ञान लगायतका एक दर्जन विद्यालयको नतिजा भने राम्रो देखिएको छ ।