
पार्टी प्रवेश कार्यक्रमपछि प्रमुख अतिथि डा. प्रकाशशरण महतसँग सामूहित तस्बिर खिचाउँदै पार्टी प्रवेश गरेका युवाहरु , तस्बिर ः नुवाकोट पुकार
– नुवाकोट पुकार समाचारदाता
काठमाडौं । आज असार १५ गते,अर्थात मानो रोपेर मुरी फलाउने दिन हो ।
आजका दिन नेपाली कांग्रेस नुवाकोटसँग आवद्ध पार्टीका विभिन्न संघ संस्थाले कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं १ को ,क, प्रदेशले राजधानीको किड्.स क्याफेमा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा दही चिउरा खाने कार्यक्रम आयोजना गरेको छ । कावा सभापति हरि दुलालको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले, रास्वपा र नेकपा माओवादी पार्टी परित्याग गदै एक दर्जन भन्दा बढि युवाहरु नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले शिवपुरी गाउँ पालिका वडा नं ३ का एमाले वडा सभापति तथा गत स्थानीय निर्वाचनमा एमालेबाट वडा अध्यक्षका प्रतयासी देवेन्द्र लामा तामाड.सहित शिवपुरीका एक दर्जन युवा कांग्रेसमा प्रवेश गरेका छन् ।

यस्तै शिवपुरीकै वडा नं ३ रास्वपाका वडा सभापती जीवन तामाड.सहित केही युवाहरु रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । शिवपुरी ३ बाट सुर्य तामाड.,आमन तामाड.,राजेन्द्र तामाड., सानुकान्छा तामाड.,तुलबहादुर तामाड.,अजय तामाड.,निश्छल तामाड. हेमचन्द्र तामाड. राजेन्द्र तामाड. लगायतका युावहरु कांग्रेस प्रवे गरेका छन् भने बोलबहादुर तामाड. वडा नं ६ बाट विमल गुरुड. र विवश गुरुड. वडा नं ४ बाट रास्वपा परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् । यस्तै पञ्चकन्या र दुप्चेश्वरबाट पनि एक दर्जन युवाहरु माओवादी र रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गरेका युवाहरुलाई पार्टी प्रवक्ता तथा प्रमुख अतिथि डा. महतले पार्टीको सदस्यतासहित माला र खादाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि डा. केदारनरसिंह केसीले पनि सदस्यहरुलाई स्वागत गर्दै नेपाली कांग्रेस र आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. महतले नेपाली कांग्रेस पार्टीले सबैको हित गर्ने भन्दै नवप्रवेशीहरुलाई पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पार्टीमा गुटबन्दी अन्त्य हुनुपर्ने भन्दै आफूले कहिले पनि गुटबन्दीको वकालत नगरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, मैले कहिलेई गुटबन्दीको कुरा गरेको छैन,म साथीहरुलाई भन्न चाहान्छु समाजिक सञ्जालमा सक्रिय हुनुपर्यो, नकारात्मक कुराका लागि होइन कांग्रेसले गरेको राम्रो कामको प्रचारका लागि । उहाँले सबैले कांग्रेस बनाउन लागि पर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका डा. महतले आफु नुवाकोट १ बाट निर्वाचन निर्वाचन लड्ने भन्दै आफू निर्वाचन लडेपनि अन्य साथीहरुलाई पनि क्षमता र योग्यता अनुसारको स्थानमा राख्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले निर्वाचन नलड्दा त काम गरेको भन्दै निर्वाचन लडे काम गर्न अझ सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा डा. महतले डा. केसीले कांग्रेसले दुईतिर कार्यक्रम गरेको विाष्यमा उठाएको जिज्ञासाको जवाफ दिँदै कार्यक्रम हुनु सामान्य कुरा भएको भन्दै आफु उक्त कार्यक्रम हरेक वर्ष एकै ठाउँमाा भएकाले जान अनिच्छुक भएको र यहाँ समय मिलेकाले आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, दुईतिर कार्यक्रम हुँदा साथीहरुलाई झन सजिलो भएको छ उताका साथीहरु उता बस्नुहुन्छ यताका साथीहरु यता आउनु भएको छ । डा. महतले नेता कार्यकर्तालाई सँधै काठमाडौंमा भेटघाट गर्ने भन्दा पनि गाउँ गाउँमा गएर जनताकामाझ संगठन गर्न पनि निर्देशन दिनुभयो।
कार्यक्रममा विशेष अतिथि डा. केदार नरसिंह केसीले कांग्रेस एक भएर गए कसैले पनि हराउन नसक्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशकी पूर्व स्वास्थ्य राज्य मन्त्री कल्पना नेपाली,कांग्रेसका उपसभापति सन्तमान तामाड.,कार्यक्रमा लिुख गाउँपालिका अध्यक्ष तथा क्षेत्रीय अध्यक्ष धुर्व श्रेष्ठ,सुर्यगढीका अध्यक्ष सन्तबहादुर घले , शिवपुरी गाउँँपालिकाका अध्यक्ष गोविन्द थपलीया बागती प्रदेश सदस्य प्रमोद रिमाल, महिला संघ नुवाकोटकी अध्यक्ष सरिता आचार्य लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो भने कार्यक्रमको अन्त्यसँगै दही चिरउँरा खादै नाचगान गर्दै कार्यक्रम समापन गरिएको थियो ।